WATV.org is provided in English. Would you like to change to English?

सँगै खेलौं, ‘खुशीको खेल’

531 हेरेको संख्या

सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो छ” भन्दै ज्यादै हर्षित भइन् । खाना खाने समयमा अबेर भएर पाउरोटी र दूध मात्र खानुपर्दा उनले “मलाई पाउरोटी र दूध मन पर्छ” भनिन् । ‘खुशीको खेल’ भनिने उनको सकारात्मक सोच्ने तरिका सहरभरि फैलियो, जसले निन्याउरो मुहार बनाएको मानिसलाई समेत उज्यालो गरी मुस्कुराउने गरायो ।

विशेष गरी कुनै राम्रो कुरा हुँदा मात्र हामीहरू खुशी र हर्षित हुनेचाहिँ होइन । खुशी हुने र नहुने कुराचाहिँ दिइएको अवस्थालाई हामीले कसरी लिन्छौं भन्ने कुरामा निर्भर हुन्छ । यो महिना, आफ्नो परिवारसँगै पोलियानाको ‘खुशीको खेल’ खेलौं कि ? हाम्रो दैनिक जीवनमा लुकेको खुशी र कहिलेकहीँ दुःखको भेष धारण गरेको खुशी खोजिहेरौं । खेल समाप्त नभएसम्म एउटा खुशी पनि हराउनेछैन ।

सुझाव
उज्यालो मुस्कानले अभिवादन गर्ने
सोचाइ नकारात्मक हुँदा “तैपनि म खुशी छु …” भन्दै सकारात्मक हुने
दिनभरि पाएको खुशी नोटबुकमा लेख्ने
दिनभरि पाएको खुशीबारे आफ्नो परिवारसँग कुराकानी गर्ने
कुराको अन्त्यमा “त्यसैले मलाई मन पर्छ,” “म हर्षित छु” वा “म खुशी छु” भन्ने
आफ्नो परिवारलाई “आज कुनै राम्रो घटना घट्यो कि ?” भनेर सोध्ने
सकारात्मक सोचाइ उत्पन्न गराउने पुस्तक वा सङ्गीतसँग समय बिताउने