WATV.org is provided in English. Would you like to change to English?

पारिवारिक अवार्ड समारोह

30,953 भ्यु
लेख सुन्नुहोस् 4:10

प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ कुनै एक जना व्यक्तिद्वारा मात्र हासिल भएको हुँदैन । सबै जनाले एक-अर्कालाई सहयोग गर्दै आ-आफ्नो ठाउँबाट सक्दो गरेकाले त्यो सम्भव भएको हुन्छ ।

परिवारको सन्दर्भमा पनि उस्तै हो । परिवारमा एक वर्षभरि खुशी पोखिनुचाहिँ कुनै एक जना सदस्यको प्रयत्नद्वारा मात्र सम्भव हुने कार्य होइन । त्योचाहिँ प्रत्येक सदस्यले आ-आफ्नो कर्तव्य राम्ररी निभाउँदै बलिदान, प्रेम र विचारशीलतालाई व्यवहारमा लागू गरेको परिणाम हुन सक्छ । त्यो उपलब्धि प्रशंसा गरिन लायकको हुन्छ ।

यो महिनामा पारिवारिक अर्वाड समारोह राखेर, सदस्यहरूले एक वर्षभरि परिवारको निम्ति गरेको कडा परिश्रमको कदर गर्दा कसो होला ?

सुझाव
सदस्यलाई दिन चाहेको अवार्डको नाउँ राख्ने
(उदाहरणको लागि, ‘परिवारको स्वास्थ्य हेरचाह’ अवार्ड, ‘मुस्कान’ अवार्ड, ‘सरसफाइ’ अवार्ड इत्यादि ।)
उचित शब्दहरू राखेर प्रमाण-पत्र वा प्रमाण-पत्र पाटी तयार गर्ने
साना उपहारहरू तयार गर्ने
महिनाको अन्तमा सबैले मिलेर ‘पारिवारिक अवार्ड समारोह’ राख्ने
अवार्ड पाउँदा वा दिँदाको व्यक्तिगत अनुभव बाँड्ने
समारोहपछि एकसाथ सामान्य जलपान उत्सव मनाउने

पारिवारिक अवार्ड समारोह

4:10
0:00 4:10

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।