WATV.org is provided in English. Would you like to change to English?

परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने

434 हेरेको संख्या

गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ ।

यो वर्षमा आफ्ना उद्देश्य र सङ्कल्पलाई लेखेर टाइम क्याप्सूल(भविष्यमा कसैलाई केही थाहा दिन वा कसैसँग केही आदानप्रदान गर्ने हेतुले समय र मितिसहित कुनै महत्त्वपूर्ण सन्देश वा जानकारीहरू राख्नलाई प्रयोग गरिने बाकस, सन्दूक इत्यादि)मा राख्दा कसो होला ? चिट्ठी, अर्थपूर्ण सामग्रीहरू, तस्वीरहरू इत्यादिलाई पनि त्यससँगै राख्न सकिन्छ । त्यसलाई एक वर्षभरि सील गरी राखेर वर्षको अन्तमा परिवारसँगै खोल्नुहोस् । एक वर्षपछिको आफ्नो परिवर्तित स्वरूपबारे कल्पना गर्दै लेखेको कुरा, परिवारलाई प्रेम गर्ने मन समावेश गरेर लेखेका कुराहरूलाई टाइम क्याप्सूलबाट निकाल्दा रमाइलो र अर्थपूर्ण समय बन्नेछ नि, होइन र ?

सुझाव
आफ्नो निम्ति उद्देश्य बनाउने र त्यसलाई लागू गर्ने तरिकाबारे विस्तृत रूपमा लेख्ने
परिवारको निम्ति उद्देश्य बनाउने र त्यसलाई लागू गर्ने तरिकाबारे विस्तृत रूपमा लेख्ने
अबको एक वर्षपछि पढ्नको लागि आफ्नै निम्ति चिट्ठी लेख्ने
अबको एक वर्षपछि पढ्नको लागि परिवारको निम्ति चिट्ठी लेख्ने
पारिवारिक स्मृतिसम्बन्धी सामग्री वा तस्वीरहरू तयार गर्ने
तयार गरिएका कुराहरू टाइम क्याप्सूलमा राख्ने, अनि सील गरिएको मिति र खोल्ने मिति लेखेर त्यसको बाहिरपट्टि टाँस्ने
भित्तेपात्रोमा, क्याप्सूल खोल्ने दिनमा चिन्ह लगाउने अथवा मोबाइल फोनमा अलार्म सेट गर्ने
तोकिएको समयभन्दा अघि नै खोल्न नपुगियोस् भनेर त्यसलाई कसैले नदेख्ने गरी छुट्टै ठाउँमा राख्ने