WATV.org is provided in English. Would you like to change to English?

हाम्रो प्यारो घर ‘Sweet Home’

420 हेरेको संख्या

प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’ भनेको धेरै भाषाहरूमा राम्रो भन्ने अर्थ हो ।

पर्याप्त चिनीले तपाईंको मनलाई शान्त बनाउनुको साथै तपाईंलाई राम्रो महसुस गराउँछ । किनकि चिनीले उत्सर्जन गराउने सेरोटोनिन(मस्तिष्कमा हुने एक किसिमको रसायन) नै हामीले खुशी महसुस गर्दा उत्सर्जन हुने हर्मोन हो ।

यो महिनामा, विभिन्न तरिकाले आफ्नो परिवारलाई मिठास प्रदान गरिदिनुहोला । तपाईंको घर ‘Sweet Home’ बन्नेछ ।

सुझाव
मीठो र नरम आवाजमा बोल्ने
एक-अर्कालाई प्रेमले भरिएको नजरले हेर्ने
सुन्दा मात्र पनि राम्रो लाग्ने कुरा भन्ने
(उदाहरण : ‘माया गर्छु,’ ‘धन्यवाद,’ ‘राम्रो काम गर्नुभयो’ इत्यादि)
मीठो मुस्कानले अभिवादन गर्ने
मीठो निद्राको लागि आरामदायी ओछ्यान तयार गरिदिने
थकाइ कम गर्न मह-पानी दिने
ताजा फलफूल र जुस दिने
मीठो सुगन्ध छर्ने एयर फ्रेस्नर उपहारस्वरूप दिने