WATV.org is provided in English. Would you like to change to English?

​सफलताको सम्भावना​

65 हेरेको संख्या

२०औँ शताब्दीका उत्कृष्ट चित्रकार पिकासोले करीब २०,००० वटा चित्रहरू कोरेका थिए, अनि विश्व-प्रसिद्ध भौतिकशास्त्री आइन्सटाइनले करीब २४० वटा थेसिसहरू लेखेका थिए । जर्मनीका सङ्गीतकार तथा रचनाकार बाचले प्रत्येक हप्ता सङ्गीत रचना गरेका थिए, मोजार्टले ६०० वटाभन्दा बढी गीतहरूको रचना गरेका थिए, अनि आविष्कारक एडिसनले एउटा आविष्कारको निम्ति १,०३९ पटक कोसिस गरेका थिए । अनि फिगर स्केटिङकी रानी कहलिएकी गिम यन आ, एउटा जम्प गर्ने सीप सिक्नको निम्ति ३,००० पटकभन्दा बढी लडेकी थिइन् ।

रचनासम्बन्धी कुनै एक कौशल सल्लाहकारको सर्वेक्षणअनुसार दोस्रो श्रेणीका कविहरूभन्दा पहिलो श्रेणीका कविहरूले गुणस्तरहीन कविताहरू धेरै लेखेका थिए । पहिलो श्रेणीका कविहरूले अझ धेरै कविताहरू लेखेका हुनाले गुणस्तरहीन कविताहरू पनि धेरै लेखे भन्ने अर्थ हो । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक सिमन्टनले ‘जिनियसको उत्पत्ति’ भन्ने पुस्तकमा यसरी भनेका छन् : “नवप्रवर्तकहरू सफल भएकाले आइडिया बनाउने होइनन्, आइडिया धेरै बनाउने भएकोले सफल भएका हुन् ।”

अन्त्यमा, निरन्तर चुनौती दिने मानिस नै सफल हुने सम्भावना उच्च हुन्छ ।