WATV.org is provided in English. Would you like to change to English?

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

25,603 भ्यु
लेख सुन्नुहोस् 4:28

कम्प्यूटर र स्मार्टफोनको लोकप्रियता बढेसँगै हस्तलिखित अक्षरको परम्परा लोप हुँदैगएको छ । किबोर्ड वा टच स्क्रिनद्वारा सजिलै सन्देश र चिट्ठीहरू पठाउन सकिने भएकोले हिजोआज मानिसहरूले कलम वा पेन्सिल खासै प्रयोग गर्दैनन् । तर औँलाले थिचेर टाइप गरिने सुविधाजनक डिजिटल अक्षरहरूभन्दा हस्तलिखित अक्षरहरूले अर्को व्यक्तिलाई अझ धेरै प्रभावित तुल्याउँछ । हस्तलिखित चिट्ठीले त्यो पाउने व्यक्तिमा मात्र नभएर लेख्ने व्यक्तिमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ, अनि लगातार हातले चिट्ठी लेख्ने व्यक्तिमा अरूप्रतिको प्रेम अझ धेरै हुन्छ भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ ।

यो महिनामा आफ्ना अमूल्य परिवारको निम्ति कलम उठाइहेर्नुहोस् । चिट्ठी, कार्ड, नोट, पोस्टकार्ड, सुलेख इत्यादि जे भए पनि हुन्छ । एक-एक शब्द लेख्दैपिच्छे यहाँहरूले आनन्द महसुस गर्नुहुनेछ, अनि अर्को व्यक्तिप्रतिको यहाँहरूको प्रेम अझ गाढा हुँदैजानेछ ।

सुझाव
परिवारका सदस्यहरूको टिफिन बक्सभित्र नोट राखिदिने वा कुनै खानेकुरासहित नोट दिने
परिवारको निम्ति समर्थन र हौसलापूर्ण सन्देश लेखेर देखिने ठाउँमा टाँसिदिने
परिवारसँगै कार्डहरू बनाएर त्यसमा एक-अर्काको निम्ति सन्देश लेखिदिने
घरबाट टाढा रहेका परिवारका सदस्यहरूलाई धन्यवाद र सम्झनाको चिट्ठी लेखेर पठाउने
परिवारसँगै सादा पानामा केही लेख्न समय निर्धारण गर्ने
हस्तलिखित चिट्ठीमा कुनै चित्र कोर्ने
घरमा पोष्ट बक्स बनाएर त्यहाँबाट चिट्ठी आदनप्रदान गर्ने
परिवारका सदस्यहरूबाट प्राप्त गरेको चिट्ठीलाई एक ठाउँमा सुरक्षितसाथ राख्ने

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

4:28
0:00 4:28

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।