विश्वास र जीवन

खुशी परिवारको मिसन

परिवारसँग एक कदम अझ नजिक रहनको निम्ति सबै परिवारजनले सानो कुरालाई व्यवहारमा लागू गर्न एकसाथ प्रयत्न गर्नुहोस् ।

हाम्रो प्यारो घर ‘Sweet Home’

प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’ भनेको धेरै भाषाहरूमा राम्रो भन्ने अर्थ हो । पर्याप्त चिनीले तपाईंको मनलाई शान्त बनाउनुको साथै तपाईंलाई राम्रो महसुस गराउँछ । किनकि चिनीले उत्सर्जन गराउने सेरोटोनिन(मस्तिष्कमा हुने एक किसिमको रसायन) नै हामीले खुशी महसुस गर्दा उत्सर्जन हुने हर्मोन हो । यो महिनामा, विभिन्न तरिकाले आफ्नो परिवारलाई मिठास प्रदान गरिदिनुहोला । तपाईंको घर ‘Sweet Home’ बन्नेछ । सुझाव मीठो र नरम आवाजमा बोल्ने एक-अर्कालाई प्रेमले भरिएको नजरले हेर्ने सुन्दा मात्र पनि राम्रो लाग्ने कुरा भन्ने (उदाहरण : ‘माया गर्छु,’ ‘धन्यवाद,’ ‘राम्रो काम…

म मेरो परिवारको समर्थक हुँ !

खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल र आत्मविश्वास प्रदान गरी खेललाई जिततर्फ डोऱ्याउने प्रेरक शक्ति बन्दछ । खेल सकाएका खेलाडीहरूले “दर्शकहरूको समर्थनले मलाई शक्ति मिल्यो” भन्ने कुरा एकदम सही हो । प्रोत्साहन र समर्थन खेलाडीहरूलाई मात्र नभएर सबैलाई आवश्यक पर्छ । किनकि आफूलाई दिइएको मिसन अथवा सपनाको निम्ति जिउने दैनिक जीवनचाहिँ कहिलेकहीँ एउटा उग्र प्रतिस्पर्धाजस्तै हुन्छ । यो महिना परिवारको भरपर्दो समर्थक बन्नुहोस् । परिवारको प्रोत्साहन र समर्थनभन्दा अझ शक्तिशाली अरू केही हुन सक्दैन ! सुझाव ईमानदारितापूर्वक सकारात्मक बोली बोल्ने समर्थन र प्रोत्साहनले भरिपूर्ण मोबाइल सन्देश…

राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !

‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो हुनेछ । खुशी परिवार बनाउनमा पनि अभिवादनले ठूलो भूमिका निर्वाह गर्दछ । समयअनुसार राम्ररी अभिवादन गर्ने परिवारहरूको घर जीवन्त बन्छ । परिवारमा राम्ररी अभिवादन गर्नाले एक-अर्कालाई आदर गर्दै विचारशील हुने मन आउनुको साथै आपसी सञ्चार पनि स्वभावतः बढ्छ । अभिवादनचाहिँ छोरा-छोरीहरूका निम्ति एक घरेलु शिक्षा पनि हो । यो महिना, मौका मिल्नेबित्तिकै परिवारका सदस्यहरूलाई राम्ररी अभिवादन गर्नुहोस् । अभिवादन गर्नुभएन भने क्षमाप्रार्थी हुनुहुनेछ, अनि धेरै गर्नुभयो भने पनि त्यो बढीचाहिँ…

परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने

गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ । यो वर्षमा आफ्ना उद्देश्य र सङ्कल्पलाई लेखेर टाइम क्याप्सूल(भविष्यमा कसैलाई केही थाहा दिन वा कसैसँग केही आदानप्रदान गर्ने हेतुले समय र मितिसहित कुनै महत्त्वपूर्ण सन्देश वा जानकारीहरू राख्नलाई प्रयोग गरिने बाकस, सन्दूक इत्यादि)मा राख्दा कसो होला ? चिट्ठी, अर्थपूर्ण सामग्रीहरू, तस्वीरहरू इत्यादिलाई पनि त्यससँगै राख्न सकिन्छ । त्यसलाई एक वर्षभरि सील गरी राखेर वर्षको अन्तमा परिवारसँगै खोल्नुहोस् । एक वर्षपछिको आफ्नो परिवर्तित स्वरूपबारे कल्पना गर्दै लेखेको कुरा, परिवारलाई प्रेम गर्ने मन समावेश गरेर लेखेका कुराहरूलाई टाइम क्याप्सूलबाट निकाल्दा रमाइलो र अर्थपूर्ण समय बन्नेछ…

पारिवारिक अवार्ड समारोह

प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ कुनै एक जना व्यक्तिद्वारा मात्र हासिल भएको हुँदैन । सबै जनाले एक-अर्कालाई सहयोग गर्दै आ-आफ्नो ठाउँबाट सक्दो गरेकाले त्यो सम्भव भएको हुन्छ । परिवारको सन्दर्भमा पनि उस्तै हो । परिवारमा एक वर्षभरि खुशी पोखिनुचाहिँ कुनै एक जना सदस्यको प्रयत्नद्वारा मात्र सम्भव हुने कार्य होइन । त्योचाहिँ प्रत्येक सदस्यले आ-आफ्नो कर्तव्य राम्ररी निभाउँदै बलिदान, प्रेम र विचारशीलतालाई व्यवहारमा लागू गरेको परिणाम हुन सक्छ । त्यो उपलब्धि प्रशंसा गरिन लायकको हुन्छ । यो महिनामा पारिवारिक अर्वाड समारोह राखेर, सदस्यहरूले एक वर्षभरि परिवारको…

परिवारको थकाइ दूर गर्ने

स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त छन्, तर तीमध्येको सबैभन्दा शक्तिशाली एउटा माध्यम नै पारिवारिक प्रेम हो । दिनभरिको गाह्रो कामबाट घर फर्किएको भए पनि परिवारसँग पर्याप्त कुराकानी र हाँसखेल गऱ्यो भने थकाइ दूर हुनेछ । यो महिनामा पारिवारिक प्रेमलाई व्यवहारमा लागू गरेर परिवारको थकाइ दूर गर्नुहोस् ! मायालु परिवारलाई हौसला दिन प्रयत्न गर्ने क्रममा आफ्नै थकाइ पनि स्वतः दूर हुनेछ । सुझाव शारीरिक थकाइ दूर गर्ने हलुकासँग मालिश गरिदिने छोटो समय परिवारसँगै हलुका व्यायाम गर्ने कसैले आराम नगरी काम गरिरहेको छ भने थोरै भए पनि…

उत्साहजनक ‘पारिवारिक गीत’ रचना गर्ने !

गीतमा मानिसहरूलाई एकीकृत गर्ने शक्ति रहेको हुन्छ । धुन र ताल मिलाएर सबैले सँगै गीत गाएमा एक-अर्कामा आत्मीयता बढ्छ । खेलकुद समर्थकहरू तथा परेड गर्ने सेनाहरू एकसाथ गीत गाउँदै एकै मनका हुन्छन् । खेलकुद रङ्गशालामा हौसलाको गीत हुन्छ, अनि सैन्य क्षेत्रमा सेनाहरूको गीत हुन्छ । योजस्तै, परिवारमा पनि ‘पारिवारिक गीत’ बनाउँदा कसो होला ? सुख-दुःखमा यहाँहरूको अमूल्य परिवार सधैँ साथमा रहन्छ । पारिवारिक गीत त्यति सिद्ध नभए तापनि त्यसमा ठूलो शक्ति रहेको हुन्छ । त्यसमा समाविष्ट प्रेम र विचारशीलताले एक-अर्काको निम्ति असीम ऊर्जा प्रवाह गर्छ । यो महिनामा आफ्नो परिवारसँगै पारिवारिक गीत रचना गरिहेर्नुहोस् । गीतको धुनसँगै यहाँहरूको परिवारमा खुशी पोखिनेछ । सुझाव पारिवारिक गीत यसरी रचना गर्ने : परिवारको परिचय दिने विषयहरू समावेश गरेर गीतको बोल तयार गर्ने गीतमा…

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

कम्प्यूटर र स्मार्टफोनको लोकप्रियता बढेसँगै हस्तलिखित अक्षरको परम्परा लोप हुँदैगएको छ । किबोर्ड वा टच स्क्रिनद्वारा सजिलै सन्देश र चिट्ठीहरू पठाउन सकिने भएकोले हिजोआज मानिसहरूले कलम वा पेन्सिल खासै प्रयोग गर्दैनन् । तर औँलाले थिचेर टाइप गरिने सुविधाजनक डिजिटल अक्षरहरूभन्दा हस्तलिखित अक्षरहरूले अर्को व्यक्तिलाई अझ धेरै प्रभावित तुल्याउँछ । हस्तलिखित चिट्ठीले त्यो पाउने व्यक्तिमा मात्र नभएर लेख्ने व्यक्तिमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ, अनि लगातार हातले चिट्ठी लेख्ने व्यक्तिमा अरूप्रतिको प्रेम अझ धेरै हुन्छ भन्ने कुरा एउटा अनुसन्धानले देखाएको छ । यो महिनामा आफ्ना अमूल्य परिवारको निम्ति कलम उठाइहेर्नुहोस् । चिट्ठी, कार्ड, नोट, पोस्टकार्ड, सुलेख इत्यादि जे भए पनि हुन्छ । एक-एक शब्द लेख्दैपिच्छे यहाँहरूले आनन्द महसुस गर्नुहुनेछ, अनि अर्को व्यक्तिप्रतिको यहाँहरूको प्रेम अझ गाढा हुँदैजानेछ । सुझाव परिवारका सदस्यहरूको…

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

4:28
0:00 4:28

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।