सबै जना मालिक भएको हाम्रो परिवार !

16,300 भ्यु
본문 읽기 5:03
현재 언어는 음성 재생을 지원하지 않습니다.

यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका, ३ जनाले एकसाथ डोरी तान्दा प्रत्येकले ८५% शक्ति लगाएका अनि ८ जनाले एकसाथ डोरी तान्दाचाहिँ प्रत्येकले ४९% शक्ति मात्र लगाएका देखियो । सङ्ख्या वृद्धि भएसँगै प्रत्येक व्यक्तिले पुऱ्याउनुपर्ने योगदान पनि घट्ने गर्छ । यसलाई Ringelmann Effect[रिङ्गलम्यान प्रभाव] भनिन्छ ।

योचाहिँ ‘मैले नगरे पनि अरूले गरिहाल्छ नि’ भन्ने सोचाइबाट आउने प्रभाव हो । परिवारको सन्दर्भमा पनि उस्तै हो । घरचाहिँ सबै परिवार एकसाथ बस्ने ठाउँ हो, तर कहिलेकहीँ आफूले गर्नुपर्ने घरको काम एक-अर्कामाथि सार्ने गरिन्छ । आफूले गर्नुपर्ने काम अर्को व्यक्तिमा सार्ने बानी नै बस्यो भने के हुन्छ होला ? काम राम्ररी नहुन पनि सक्छ, तर यदि केही गरी काम राम्ररी भइहालेछ भने पनि अर्को सदस्य असन्तुष्ट बन्ने अवस्था हुन्छ ।

परिवारका सबै सदस्यहरू घरको मालिक भएको घर ! सबै सदस्यहरूले मालिकको जस्तो मनस्थिति लियो भने रिङ्गलम्यान प्रभाव होइन, Synergy Effect[सिनर्जी प्रभाव, दुई वा सोभन्दा बढी व्यक्तिहरूले एकसाथ काम गर्दा आउने सफल परिणाम] प्राप्त हुनेछ ।

सुझाव
घरको काममा रुचि राख्ने
आफूले गर्नुपर्ने काम छ भने सक्रियतापूर्वक गर्ने
सहयोग चाहिन्छ कि भनेर एक-अर्कालाई सोध्ने
घरमा कसैले काम गरिरहेको छ भने सँगै मिलेर गर्ने
परिवारसँगै खाना तयार गर्ने
घरायसी मामिलाहरूको विषयमा एकसाथ छलफल गरेर निर्णय लिने
घरमा प्रयोग हुने ऊर्जा बचत गर्ने
पारिवारिक नियमको पालना गर्ने
पारिवारिक कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुने