WATV.org is provided in English. Would you like to change to English?

दयालु जीवनको चमत्कार

16,762 भ्यु

मट्टितेलका राजा भनेर बोलाइने विश्वविख्यात व्यापारी जोन रकफेलरले एक दिन जोडको झट्का दिने खबर सुने । त्यो नै उनी एक वर्षभन्दा बढी बाँच्न नसक्ने खबर थियो ।

रेकफेलरले अस्पतालमा अब आफ्नो बाँकी जीवन कसरी सफलतापूर्वक जिउने होला भनेर सोचिरहँदा अस्पतालको कुनाबाट गाइँगुइँ गरेको आवाज सुने । त्यो गाइँगुइँ अस्पतालको अधिकारी र एक जना आमाबीच भएको बहस थियो । अधिकारीले उक्त महिलालाई शुल्क नतिरीकन कसैलाई भर्ना गर्न नमिल्ने कुरा जानकारी दिइरहेका थिए भने उक्त महिलाले चाहिँ केही बेरमै रकम तयार गर्ने कुरा बताउँदै उसको बच्चालाई भर्ना गरिदिन कर गरिन् । उनीहरूको छेउमा बिरामी बच्चा आँसु बरर झार्दै रोएर बसिरहेको थियो । रकफेलरले तुरुन्तै आफ्नो सचिवलाई बोलाएर त्यो बच्चाको भर्ना शुल्क तिर्न लगाए । केही समयपछि रकफेलरले त्यो बच्चा अस्पतालमा राम्ररी निको भएको देखेर आफूले पहिला कहिल्यै अनुभव नगरेको एकदमै ठूलो खुशी महसुस गरे ।

त्यसपछि, रकफेलरले थुप्रै अनाथालय र पुस्तकालयहरू स्थापना गरे अनि अशक्त र गरीब मानिसहरूलाई मद्दत गर्दै दिने र बाँड्ने जीवन जिउन थाले । त्यसपछि चमत्कारपूर्ण ढङ्गले उनको रोग निको भयो । अन्तत: उनी अनुमान गरिएको भन्दा ४३ वर्ष बढी अर्थात् ९८ वर्षसम्म बाँचे र आखिरी घडीमा तिनले यसो भने,

“जीवन यति खुशी हुन सक्छ भनेर मलाई थाहा थिएन । मैले ५५ वर्ष व्यस्त जीवन बिताए पनि मेरो ४३ वर्ष सुखद् रह्यो ।”