ट्यूसन शुल्कको मापदण्ड

8,654 भ्यु
लेख सुन्नुहोस् 2:10

बोल्नमा सिपालु एक जना युवक, लिडरसिपबारे तालिम लिनका लागि एक जना प्रसिद्ध प्रवक्ताकहाँ गए । ती युवकले परिचय दिँदै आफ्नो विषयमा भरपुर बखान गरे । युवकले आफ्नो कुरा नसकाउञ्जेल ती प्रवक्ताले शान्त भएर उनको कुरा सुनिरहे । कुरा सकिएपछि ती प्रवक्ताले एउटा शर्त राखेछन् ।

“तपाईंले अरूहरूको भन्दा दुई गुणा बढी शुल्क तिर्नुपर्छ ।”

युवकले अलमल्ल पर्दै सोधेछन् ।

“होइन, मैले मात्र किन दुई गुणा शुल्क तिर्नुपर्ने ?”

प्रवक्ताले यसो भनेर जवाफ दिएछन् ।

“राम्रो लिडर बन्नका लागि जिब्रोको प्रयोगभन्दा जिब्रोलाई कसरी अधिनमा राख्ने भन्ने कुरा सिक्नुपर्छ । मैले अरूलाई भन्दा तपाईंलाई बढी सिकाउनुपर्ने भएकोले तपाईंबाट दुई गुणा शुल्क लिनु उचित हुन्छ ।”

ट्यूसन शुल्कको मापदण्ड

2:10
0:00 2:10

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।