भाषा चयन गर्नुहोस् ।

Close

प्रेम नै स्पर्श हो

6,527 भ्यु
लेख सुन्नुहोस् 2:51

बाँदरमा गरिएको एउटा परीक्षणमा बच्चा बाँदरलाई स्पर्श नगर्दा त्यो रोगी भएर सानैमा मर्ने कुराको तथ्याङ्क पत्ता लाग्यो । त्यसैगरी ६ हप्तादेखि १० महिनाको बच्चाहरूलाई आमाहरूले स्पर्श गरेर अँगालो हाल्दा तिनीहरू बिरलै बिरामी भए ।

वयस्क मानिसको सन्दर्भमा पनि उस्तै हो । अँगालोको सङ्ख्या र अवधिले चिन्ता र डिप्रेसनको सिकार भएका वयस्कहरूलाई तिव्र गतिमा निको हुन मद्दत गर्दछ । घरपालुवा जनावरलाई सुम्सुम्याउने उपचार विधिचाहिँ यस्ता परीक्षणहरूको परिणाममा आधारित छ ।

विभिन्न राष्ट्रहरूमा छरिएररहेका आत्मिक स्वर्गीय सन्तानहरू स्वर्गीय यरूशलेम माताको काखमा आइरहेका छन् । संसारमा दुखी भएर मर्न लागिरहेका आत्माहरूले माताको न्यानो काखमा सान्त्वना पाउँछन् ।

माताको मायालु हातमा आत्मालाई जीवन दिएर निको पार्ने शक्ति छ । संसारको सबैभन्दा न्यानो र आरामदायक ठाउँ भनेकै माताको काख हो । माताको स्पर्शमा सन्तानलाई बचाउने चमत्कारीपूर्ण शक्ति हुन्छ । माताको प्रेम नै औषधि हो ।

प्रेम नै स्पर्श हो

2:51
0:00 2:51

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।