होटेलको शोभा बढाएकी हाउसकिपर

27,741 भ्यु
लेख सुन्नुहोस् 4:17

सन् १९९२मा रिज कार्लटोन होटेलले मालकल्म बाल्ड्रिज राष्ट्रिय अवार्ड प्राप्त गऱ्यो ।

कुनै होटेलले यस्तो अर्वाड जितेको यो पहिलो पटक थियो । योचाहिँ संयुक्त राज्य अमेरिकाको सरकारले उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने संस्थालाई दिने गरेको एक प्रतिष्ठित पुरस्कार हो । होटेलले उक्त अवार्ड प्राप्तिमा उल्लेखनीय योगदान पुऱ्याएकी एक जना हाउसकिपरलाई फाइब स्टार अवार्डले सम्मान गरेको थियो । ती हाउसकिपरको नाउँ भर्जिनिया एजुइला थियो ।

उनलाई होटेल हेरचाहको जिम्मा दिइएको थियो । एजुइलाले ‘रुम सर्भिसचाहिँ होटेलको छवि झल्काउने सबैभन्दा महत्वपूर्ण कार्य हो’ भन्ने कुरालाई मनन गर्दै होटेलका कोठाहरू उत्कृष्ट रूपमा सफा गर्थिन् ।

उनले ग्राहकहरूलाई कसरी खुसी तुल्याउन सकिन्छ भन्नेतर्फ सधैँ सोच्ने गर्थिन् । उनले हातमा सधैँ नोटबुक र सरसफाइ सामग्रीहरू लिँदै कुनै राम्रो उपाय आयो वा कुनै समस्या फेला पऱ्यो भने नोटमा टिपेर अझ उत्तम सेवा दिन कोसिस गर्थिन् । उनले ग्राहकहरूको नाउँ सधैँ याद राख्ने गर्थिन्, अनि उनीहरू होटेलमा बस्नको लागि कतै गएर फर्किए भने उनीहरूलाई नाउँ लिएर बोलाउने गर्थिन् । उनले ग्राहकहरूलाई मनपर्ने पत्रिका, पेय पदार्थ समेत याद गरेर पहिल्यै त्यसको तयारी गर्ने गर्थिन् । उनको परिश्रमले ग्राहकहरूलाई प्रभावित तुल्याउनुको साथै होटेलको गरिमा समेत बढायो ।

अर्को व्यक्तिप्रति विचारशील मन लिनु र आफूलाई जिम्मा दिइएको कार्यप्रति ईमानदार हुनु नै अन्य मानिसहरूमाझ सधैँ चम्किने तरिका हो ।

होटेलको शोभा बढाएकी हाउसकिपर

4:17
0:00 4:17

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।