बीउको एकरुपता

28,083 भ्यु
लेख सुन्नुहोस् 2:55

के गुलियो हलुवाबेतको बीउ रोप्यो भने उस्तै गुलियो हलुवाबेत नै फल्छ होला ?

वास्तवमा गुलियो हलुवाबेतको बीउ रोप्यो भने जङ्गली हलुवाबेत फल्छ । स्याउको बीउ रोप्यो भने सानो स्याउ फल्छ; नासपातीको बीउ रोप्यो भने जङ्गली नासपाती फल्छ । हामीले खाने धेरैजसो फलहरू कलमी गरिएका र सपारिएका प्रजातिहरू हुन् ।

कलमी गर्दा जराको निम्ति चयन गरिने विरुवालाई स्टक अथवा रूटस्टक भनिन्छ । जङ्गली प्रजाति रहेको रूटस्टकमा बलियो जीवन शक्ति हुन्छ तर त्यसको फल सानो र बेस्वादको हुन्छ । त्यसकारण सपारिएका प्रजातिहरूलाई स्टक विरुवामा कलमी गरिन्छ । त्यसोभए सपारिएका प्रजातिहरूको बीउबाट किन जङ्गली प्रजाति उम्रेको होला ?

हामीले खाने फलफूलको गुदीचाहिँ अण्डाशय अथवा फूलको अन्य भागहरूको विकास हो । सपारिएका प्रजातिहरूको विशेषताअनुसार अण्डाशय परिवर्तन हुँदा अण्डाशयभित्रको ओभ्युलले रूटस्टकको विशिषट गुण हस्तान्तरण प्रसारण गर्दछ । त्यसको बाहिरी स्वरूप परिवर्तन भए तापनि भित्रको बीउ भने उस्तै भइरहन्छ ।

बीउको एकरुपता

2:55
0:00 2:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।