के यसले मलाई खुसी दिलाउँछ ?

मौसम परिवर्तनसँगै कपडाहरू परिवर्तन हुन्छन् । अघिल्लो मौसमका कपडाहरू थन्क्याइन्छ र थन्काएर राखिएका कपडाहरू बाहिर निकालिन्छ । यसरी कपडाहरू राख्ने र निकाल्ने क्रममा आफूलाई मनपर्ने वा केही वर्षसम्म नलगाएको वा आफूलाई नअट्ने कपडाहरू भेट्टाउन पुगिन्छ ।
व्यवस्थापन विशेषज्ञ मेरी कोन्दोका अनुसार, व्यवस्थापनको पहिलो चरण भनेको नचाहिने कुराहरू फाल्नु हो । फाल्नुपर्ने सामान छान्नुको सट्टा आफूलाई चाहिएको कुरा छनोट गर्नु नै महत्त्वपूर्ण कुरा हो । तथापि के राख्ने र के फाल्ने भन्ने कुराको निर्णय लिन गाह्रो हुन्छ । कोन्दोले आफ्नो पुस्तकमा यस्तो लेखेकी छिन्, “यदि निर्णय गर्न गाह्रो हुन्छ भने आफैलाई प्रश्न गर्नुहोस्, ‘के यसले मलाई खुसी दिलाउँछ ?’ ” यदि कुनै कुराले तपाईंलाई खुसी महसुस गराउँछ भने त्यो साँच्चै आवश्यक कुरा हो । कोन्दो भन्छिन्, आफूलाई खुसी नदिने सामानहरू हटायो भने, आफ्नो रुचि के हो र वास्तवमै केले आफूलाई उत्साहित बनाउँछ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
घरमा सबै सामानहरू मिलाएर राख्दा कोठा मात्र सफा हुँदैन, तर हाम्रो जीवन पनि व्यवस्थित र सुखी हुन्छ । यदि यहाँहरू पनि यो कुरामा सहमत हुनुहुन्छ भने ढिला नगर्नुहोस्, जाँगर चलाएर बाहुला माथि सार्दै घर चम्काउनतर्फ लाग्नुहोस् ।