एउटा सन्देश

15,616 भ्यु
लेख सुन्नुहोस् 4:40

स्पेनी लेखक फेरान रामोन कोर्टेसद्वारा लिखित ‘द आइल्याण्ड अफ द फाइभ लाइटहाउसेस’ भन्ने पुस्तकचाहिँ मुख्यतया सञ्चारका समस्याहरूलाई कसरी सुल्झाउने भन्ने विषयमा केन्द्रित छ । यो पुस्तकमा उल्लेखित कथाको मुख्य पात्रले सेमिनारमा एकदमै राम्रो प्रस्तुति दिएको कुरा सोच्दछ, तर उसको सोचाइ विपरीत दर्शकहरूको एकदमै चिसो र सामान्य प्रतिक्रिया देखेर ऊ अलमल्ल पर्छ । तसर्थ उसले आफ्नो गुरुलाई यस्तो हुनुको कारण सोध्छ । गुरुले उसलाई सिधै उत्तर दिनुको सट्टा, लाइटहाउस भएको टापुमा जान र त्यहाँका लाइटहाउसहरूलाई एक-एक गरी नियाल्दै आफैँ उत्तर पत्ता लगाउन सल्लाह दिन्छन् । तीमध्ये पहिलो लाइटहाउसले दिने पाठ निकै घतलाग्दो र प्रभावकारी थियो ।

त्यो लाइटहाउस प्रत्येक रात लगभग ३००० पटक झिमझिम गर्दै बलिरहन्थ्यो । अँध्यारो रातमा समुन्द्रमा यात्रा गर्ने जहाजहरूलाई वर्षको ३६५ दिनै उज्यालो दिने लाइटहाउसले केवल एउटै सन्देश दिइरहन्थ्यो । पहिलो सन्देशचाहिँ हामीले पनि सबैले बुझ्ने गरी स्पष्ट रूपमा सन्देश प्रवाह गर्नुपर्छ ।

वास्तवमा हामी यो अन्धकार संसारमा सत्यताको ज्योति चम्काउने परमेश्वरका अगमवक्ताहरू हौं । कहाँ जाने भन्ने कुरा समेत थाहा नपाई भौंतारिरहेका आत्माहरूलाई डोऱ्याउनका लागि हामीलाई कुनै उत्कृष्ट बोल्ने कला वा शब्दहरू चाहिँदैन । हामीले केवल त्यो लाइटहाउसले जस्तै गरी आत्मविश्वासका साथ आफ्नो सन्देश निरन्तर प्रवाह गरिरहनुपर्छ । हामीले प्रवाह गर्नैपर्ने एउटा सन्देश भनेको संसारप्रतिको परमेश्वरको प्रेम हो ।

सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ । १ तिमोथी २:४

एउटा सन्देश

4:40
0:00 4:40

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।