WATV.org is provided in English. Would you like to change to English?

​परिवारको प्रबल पक्ष बढाउने !

9,010 भ्यु

कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको हेरचाह गर्नुपर्छ ।

तरिकाहरूमध्येको एउटा नै परिवारका प्रबल पक्षहरूमा नजर लगाउनु हो । प्रबल पक्षहरू पत्ता लगाउनको निम्ति परिवारमा रुचि राख्ने क्रममा आपसी समझदारी प्रगाढ बनेर प्रेम बढ्दैजान्छ । प्रबल पक्षहरू पत्ता लाग्यो भने त्यसलाई आफूभित्र मात्र सीमित नराखीकन बोलीद्वारा अभिव्यक्त गरिहेर्नुहोस् । त्यसरी अभिव्यक्त गऱ्यो भने उनीहरूमा आत्मविश्वास पलाएर उनीहरूको प्रबल पक्ष अझ चम्कनेछ ।

यो महिनामा परिवारभित्र एक-अर्काका प्रबल पक्षहरूलाई अभिव्यक्त गर्दै प्रेमको फूल फुलाउनुहोस् !

सुझाव
परिवारको प्रबल पक्ष पत्ता लगाएर डायरीमा टिप्ने
परिवारका प्रबल पक्षहरूबारे कुराकानी गर्ने समय तोक्ने
प्रबल पक्ष पत्ता लाग्यो भने उतिखेरै प्रशंसा गरिहाल्ने
प्रबल पक्षबारे विस्तृत तरिकाले बताउने
(“मलाई तपाईंको यो पक्ष मन पर्छ,” “तिमीले यसो गर्दा बुबा तिमीप्रति गर्व गर्नुहुन्छ” इत्यादि ।)
परिवारलाई सम्बन्धित प्रबल पक्षको उपनामले बोलाउने
(‘मुस्कान स्वर्गदूत आमा,’ ‘सकारात्मक सानो राजा’ इत्यादि ।)
अर्को व्यक्तिसँग कदापि तुलना नगर्ने
कसैमा दुर्बल पक्ष देखिए तापनि ढाकछोप गरेर प्रोत्साहन दिने