WATV.org is provided in English. Would you like to change to English?

घरमा ‘हाँसो उपकरण’ राख्ने !

371 हेरेको संख्या

उज्यालो मुस्कानले भरिएको अनुहारले आफूमा खुशीको बहार ल्याउनुको साथै हेर्ने व्यक्तिलाई समेत यसले खुशी दिलाउँछ । यसको साथै नजिकको व्यक्तिलाई प्रेम अभिव्यक्त गर्दै समर्थन र हौसला प्रदान गर्ने यो सबैभन्दा उत्तम तरिका पनि हो ।

अझ धेरै हाँस्नको निम्ति ‘हाँसो उपकरण’लाई आफ्नो घरको ठाउँ-ठाउँमा राखिहेरौं । ठूलो सोरले १० सेकेण्डभन्दा बढी हाँस्यो भने हाँसोको प्रभाव झन्-झन् बढ्दैजान्छ । विभिन्न हाँसो उपकरणहरू राखेर आफ्नो परिवारसँगै सक्दो हाँस्ने गरौं । नैराश्यता विलीन भएर घरमा खुशी मात्र पोखिनेछ !

सुझाव
हाँसो क्षेत्र : यो ठाउँमा पुग्नासाथ हाँसिहाल्ने (‘यो हाँसो क्षेत्र हो,’ ‘यहाँ आयो भने हाँसो प्रस्फुटन हुन्छ’ इत्यादि लेखेर टाँस्ने)
हाँसो रेखा : यो रेखा पार गर्दैपिच्छे हाँस्ने (‘यो ठाउँ पार गर्दा हाँस्नुहोस्’ लेखेर टाँस्ने)
हाँसो समय : कुनै समय तोकेर सँगै हाँस्ने (हाँसउठ्दो धुनको अर्लाम सेट गर्ने)
हाँसो बटन : शरीरको कुनै भागलाई हाँसो बटन तोक्ने र त्यहाँ छोइनासाथ हाँस्ने
हाँसो ऐना : यो हेर्दैपिच्छे हाँस्ने (ऐनामा स्माइल स्टिकर वा ‘हाँसो ऐना’ लेखेर टाँस्ने)
हाँसो कुर्सी वा चकटी : कुनै कुर्सी वा चकटीमा बस्दाखेरि हाँस्ने
हाँसो झण्डा : कसैले ‘हाँस्नुहोस्’ लेखिएको झण्डा फरफराउँदा सबै जना एकसाथ हाँस्ने