WATV.org is provided in English. Would you like to change to English?

हर्षपूर्ण हाइ फाइब !

581 हेरेको संख्या

खुशी अभिव्यक्त गर्नको निम्ति दुई जना व्यक्तिले हात उठाएर एक-अर्काको हत्केला पड्काउने प्रवृत्तिलाई हाइ फाइब(High Five) भनिन्छ । खेलकुदको दौरान खेलाडीहरूले टिम वर्क बनाउनको निम्ति प्राय: एक-अर्कालाई हाइ फाइब गर्ने गर्छन् । असल परिणाम ल्याएको टोलीले प्राय: हाइ फाइब गर्ने, हात मिलाउने र अँगालो हाल्ने जस्ता गतिविधिहरू गर्ने गरेको कुरा एउटा अध्ययनले देखाएको छ ।

शिक्षकले विद्यार्थीहरूको पिठ्यूँ वा काँध थपथपाउनुको कारणचाहिँ कक्षाका गतिविधिहरूमा उनीहरूलाई संलग्न गराउनमा हौसला दिनको निम्ति हो भन्ने कुरा अर्को अध्ययनले देखाएको छ ।

कुनै खुशीको कुरा हुँदाखेरि आफैले पनि थाहा नपाई ताली बजाउने गरिन्छ, ताली बजाउँदाखेरि सकारात्मक महसुस प्राप्त हुनुको साथै स्फूर्ति, खुशी र आत्मविश्वासको अनुभूति हुन्छ । ताली बजाउनु स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ ।

सुझाव
निम्न उल्लेखित अवस्थाहरूमा हाइ फाइब गर्नुहोस् :
बिहान घरबाट बाहिर निस्कँदा
एक दिनको काम सकाएर घर फर्कंदा
कसैले राम्रो गर्दाखेरि प्रशंसा गर्न मन लाग्दा
हाइ फाइब गर्दा सधैँ एक-अर्कासँग आँखा जुधाएर मुस्काउने
हत्केला पड्काउँदा मन्द आवाज निकाल्ने
सपरिवार गोलो भएर भेला हुने र दुवै हात उठाएर एक-अर्काको हत्केला पड्काउने
बच्चाहरूसँग हाइ फाइब गर्दाखेरि उनीहरूको हातलाई छक्याएर वा आफ्नो हात परिवर्तन गरेर झुक्यायो भने रमाइलो खेल हुन सक्छ ।