परिवारको भावनाको कदर गर्ने !

579 हेरेको संख्या

मानिसमा खुशी, नैराश्यता, रिस, अपेक्षा, डर र कृतज्ञता जस्ता धेरै भावनाहरू हुन्छ । ती भावनालाई कसरी हुन्छ अभिव्यक्त गर्ने मन पनि हुन्छ, अनि अरू कसैले त्यसको कदर गरिदियो भने स्थिरता र खुशी महसुस हुन्छ ।

हामीले आफ्ना भावनाहरूलाई जीवन्त रूपले अभिव्यक्त गर्दै एक-अर्काको भावनालाई बुझिदिएर स्वीकार्नुचाहिँ वार्तालापको मूलभूत आधार पनि हो । एक-अर्काको सोचाइ फरक भए तापनि पहिला अर्को व्यक्तिको भावनालाई बुझिदियौं भने एक-अर्कासँग राम्ररी वार्तालाप गर्न सकिन्छ ।

यहाँहरू आफ्नो परिवारको कुरा सुनिदिँदै उनीहरूको भावनाको कतिको कदर गर्दैहुनुहुन्छ ? यो महिनामा आफ्नो परिवारका फरक-फरक भावनाहरूको कदर गर्दै सक्रियतापूर्वक सहानुभूति दर्शाउन कोसिस गर्नुहोस् । परिवारका भावनाहरू पनि परिवारजत्तिकै अमूल्य हुन्छन् ।  

सुझाव
परिवारको भावना पढ्ने
(“तपाईं आज खुशी देखिनुहुन्छ त ।” “थकाइ लागेको छैन ?”)
कुरा राम्ररी सुनिदिएर भावना बुझिदिने
(“ए, हो र ?” “त्यो अवस्थामा त मलाई पनि दुःख लाग्नेथियो होला ।”)
त्यस्तो भावना जाग्नुको कारण सोध्ने
(“कुन कुराले तिमीलाई दुःखित तुल्यायो, मलाई भन ।”)
अरूको भावनालाई बेवास्ता वा मूल्याङ्कन गर्ने काम नगर्ने
(“त्यति मामूली कुरामा नि रिसाउने ?” “त्यो त मूर्ख सोचाइ हो !” नभन्ने)
भावना परिवर्तन गर्नतिर दबाब नदिईकन पर्खिदिने
(“चूप लाग !” “नरोऊ !” नभन्ने)
साना बच्चाहरू हो भने उनीहरूको भावनालाई स्वीकारेर सही व्यवहार सिकाउने
(“धेरै दु:ख लागेको थियो होला, तैपनि साथीलाई पिट्नु त गलत हो ।”)
सोचविचार नगरी परिवारसमक्ष नकारात्मक भावनाहरू पोख्न पुगिने कुरामा सचेत रहने
परिवारको सामु प्रायः सकारात्मक भावनाहरू मात्र अभिव्यक्त गर्ने
(“यसरी सँगै खाना खाँदा खुशी लागेको छ ।” “मलाई तिमी हाँसेको राम्रो लाग्छ ।”)