WATV.org is provided in English. Would you like to change to English?

परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने

812 हेरेको संख्या

परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन । हामीले पनि थोरै मात्र कोसिस गऱ्यौं भने आफ्ना अमूल्य परिवारको इच्छा सजिलैसँग पूरा गरिदिन सक्छौं । त्यसो हुँदा, यहाँहरूको परिवारले परीकथामा अलौकिक शक्ति भएको पात्रको ईर्ष्या गर्नेछैनन् । यहाँहरूले विचारशील भएर साँचो हृदयले एक-अर्काको इच्छा पूरा गरिदिनुभयो भने परिवारका सबै सदस्यहरू स्वतः खुशी हुनेछन् ।

यो महिनामा, स्वेच्छाले आफ्ना मायालु परिवारको ‘सानो इच्छा’ पूरा गरिदिनुहोला । परीकथाजस्तै सुन्दर कहानी यहाँहरूको सामु प्रकट हुन पनि सक्छ ।

सुझाव
परिवारको इच्छा बुलेटिन बोर्ड तयार गर्ने
उदाहरण : “(       )ले मेरो निम्ति (       ) गरिदिएको चाहन्छु,”
“(       ), कृपया मेरो यो इच्छा पूरा गरिदिनुहोस् ।”
सबै सदस्यहरूले मिलेर बोर्ड सजाउने
परिवारले इच्छा गरेको कुरालाई नोटमा टिप्ने
टिपेका कुराहरू परिवारका सबै जनाले देख्न सक्ने गरी बुलेटिन बोर्डमा राख्ने
परिवारको सानो इच्छा केही समयभित्रै पूरा गरिदिन प्रयत्न गर्ने
परिवारको इच्छा पूरा भयो भने त्यो नोट हटाउने
मिसनलाई लागू गरेपछि सबैले आ-आफ्ना विचार साझा गर्ने