परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन
आसेज[ASEZ]
ASEZले ‘Save the Earth from A to Z(सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ भन्ने अर्थ बोकेको छ ।
योचाहिँ कठिनाइबाट गुज्रिरहेका विश्वव्यापी परिवारहरूलाई पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सहयोग र आशा प्रदान गर्नको निम्ति
विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूलाई केन्द्रित गरेर निर्मित परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन हो ।
हामी माताको प्रेम सारा संसारमा बाँड्दछौं
परिवारको पीडालाई निको पार्ने र थकित मनलाई साहस दिने आमाको प्रेमद्वारा हामी विपत्ति, रोग लगायत अन्य विभिन्न कठिनाइहरूबाट गुज्रिरहेका विश्वव्यापी परिवारहरूमाझ न्यानो प्रेम बाँड्दछौं । कहिल्यै नथाक्ने युवा उत्साहद्वारा हामी प्रदूषित वातावरणलाई शुद्ध बनाउँछौं, अनि निराशामा परेकाहरूलाई खुशी र आशा प्रदान गर्दछौं ।
विश्वव्यापी SAVE अभियान
जीवनलाई अमूल्य ठान्दै छिमेक र समाजमा खुशी बाँड्न,
वातावरणमा सुधार ल्याउन र सङ्कटमा परेको पृथ्वीलाई बचाउन हामीहरू SAVE अभियान गर्दछौं ।
Social Service समाज सेवा
Awareness Raising जनचेतना जागरण अभियान
Victim Relief प्रकोप पीडित राहत कार्य
Environmental Protection वातावरण संरक्षण
समाज सेवा
विपन्न छिमेकीहरूलाई समर्थन, अशक्त कल्याण केन्द्र, वृद्धाश्रम, बाल आश्रम इत्यादिको भ्रमण
जनचेतना जागरण अभियान
विभिन्न क्याम्पेन, शिक्षा तथा फोरमको आयोजना
प्रकोप पीडित राहत कार्य
भूकम्प, आँधी, शीत लहर इत्यादिले क्षतिग्रस्त ठाउँमा मर्मत-सम्भार तथा उद्धार कार्य, ‘मदर्स स्कूल’ प्रोजेक्ट
वातावरण संरक्षण
ग्रीन क्याम्पस सरसफाइ गतिविधि, ‘मदर्स स्ट्रीट’ प्रोजेक्ट, पहाड, समुद्री तट, नदी किनार तथा गाउँघर सरसफाइ
ASEZका मुख्य गतिविधिहरू
यूएनको ‘अन्तर्राष्ट्रिय सहिष्णुता दिवस’ कार्यक्रममा सहभागिता तथा वक्तव्य
विश्व मानव अधिकारको सार्वभौमिक घोषणाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यूएन र यूट्युबले संयुक्त रूपमा आयोजना गरेको ‘परिवर्तनको लागि निर्माता’ कार्यक्रममा ASEZका १०० जना सदस्यहरूको सहभागिता रह्यो, जसमध्ये १ जनाले सहिष्णुताको विषयमा वक्तव्यसमेत दिए ।
सम्बन्धित लेख पढ्ने
जलवायु परिवर्तनसम्बन्धी टक कन्सर्ट
जलवायु परिवर्तनतिर विश्वको ध्यान खिँच्न र भविष्यका कर्णधार रहेका विश्वविद्यालय विद्यार्थीहरूको सिर्जनशील दृष्टिकोण र विचारहरू बाँड्न हामीले टक कन्सर्ट राख्यौं ।
सम्बन्धित लेख पढ्ने
विश्वव्यापी अपराध न्यूनीकरण क्याम्पेन
‘एकसाथ अपराध न्यूनीकरण(Reduce Crime Together)’
‘माताको प्रेम’द्वारा अपराधलाई न्यूनीकरण गरेर सुरक्षित समाज एवम् उज्ज्वल र स्वस्थ संसार निर्माण गरौं भन्ने हेतुले हामीहरू प्रत्येक देशमा ‘एकसाथ अपराध न्यूनीकरण’ क्याम्पेन गर्दछौं । हामी फोरम र गोष्ठीहरूद्वारा यस क्याम्पेनबारे जनचेतना जगाउँछौं, वातावरण डिजाइनद्वारा अपराध रोकथाममा सहयोग पुऱ्याउँछौं, सार्वजनिक नियम पालना अभियान क्याम्पेन गर्छौं, र अपराध रोकथाम प्रणाली स्थापना गर्न विश्वव्यापी साझेदारी निर्माण गर्छौं । त्यसको साथै अरूप्रति विचारशील हुन र अरूसँग बातचीत गर्न हामी थुप्रै मानिसहरूलाई प्रोत्साहन दिने गर्छौं ।
अझ हेर्ने
UN SDGs कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय फोरम
यूएन दिगो विकास लक्ष्यहरू(UN SDGs)को बारेमा बुझाउन र विश्वविद्यालय विद्यार्थीहरूलाई केन्द्र बनाएर यसको सक्रिय कार्यान्वयनको लागि अभिप्रेरित गर्न अन्तर्राष्ट्रिय फोरमको आयोजना गरियो । सन् २०१७को डिसेम्बरदेखि कोरिया, संयुक्त राज्य अमेरिका, पेरु, मेक्सिको, ताइवान, भारत, अर्जेन्टिना, फिलिपिन्स इत्यादि गरी १० वटा देशहरूमा ११ पटक यो फोरमको आयोजना गरियो ।
यसले चुनौतीपूर्ण भावना र जोश भएका विश्वविद्यालय विद्यार्थीहरूका गतिविधिहरूलाई अझ व्यवस्थित गर्न, अनि थुप्रै सङ्गठनहरूसँग साझेदारी बढाउन र कार्यान्वयन गर्ने इच्छाशक्तिलाई दृढ गराउन मद्दत गर्छ ।
सम्बन्धित लेख पढ्ने
ब्राजिलको राष्ट्रपति भवनको भ्रमण
‘राष्ट्रिय स्वयंसेवा दिवस’ कार्यक्रममा सहभागी
ASEZ सदस्यहरू, राष्ट्रपति मिसेल टेमेरको निमन्त्रणामा राष्ट्रपति भवनमा आयोजित ‘ब्राजिल राष्ट्रिय स्वयंसेवा दिवस’मा सहभागी भए । राष्ट्रपति र उहाँकी पत्नी, राष्ट्रपतीय कर्मचारी प्रमुख, मन्त्रीहरू र यूएनका निवासी संयोजक इत्यादि गरेर करिब ५०० जनाको उपस्थिति रहेको यस ठाउँमा ASEZले कोरियाको परम्परागत पंख नृत्य बुछेछुम प्रस्तुतिद्वारा लोक-संस्कृति आदानप्रदान गरे । राष्ट्रपति टेमेरले विश्वका थुप्रै देशहरू लगायत ब्राजिलमा जनताको जीवनस्तर उकास्न, सक्रिय स्वयंसेवा र समुदायमा चेतना जगाउन योगदान पुऱ्याएका ASEZको समर्पणयुक्त स्वयंसेवाप्रति हार्दिक कृतज्ञता र सराहना व्यक्त गरे ।

SDGs दिगो विकास लक्ष्यहरू
यूएन दिगो विकास लक्ष्यहरू(UN SDGs)को मुख्य उद्देश्य नै मानव-जातिको शान्ति र खुशी हो ।
ASEZले अन्तर्राष्ट्रिय सङ्गठन, सरकारी निकाय, सामाजिक संघ-संस्था र विभिन्न वर्गका मानिसहरूसँगको सहकारितामा UN SDGsलाई समर्थन गर्दछ ।
परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन
ASEZ WAO
योचाहिँ विश्वव्यापी परमेश्वरको मण्डलीका जागिरे युवाहरूको जोश र खुशीद्वारा छिमेक र समाजको हेरचाह गर्दै वातावरण संरक्षणको निम्ति स्थापना गरिएको अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन हो ।
ASEZ WAOको विस्तृत रूपचाहिँ ‘Save the Earth from A to Z(सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ र ‘We Are One Family(हामी एउटै परिवार हौं)’ हो । यसमा ‘हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ रहेको छ ।
विश्व अर्थतन्त्रको केन्द्रबिन्दु र भविष्यका कर्णधार रहेका जागिरे युवाहरूले आफ्नो कार्यक्षेत्रबाटै उज्यालो र सकारात्मक वातावरण सिर्जना गर्छन् । यसको साथै जलवायु परिवर्तन, वातावरण प्रदूषण, लैङ्गिक असमानता, मानव अधिकार हनन, आर्थिक असन्तुलन, शैक्षिक असमानता, युद्ध र आतङ्कवादले गर्दा निराश र दुःखित भएका विश्वव्यापी गाउँका छिमेकीहरूलाई आशा प्रदान गर्न कोसिस गर्छन् । उनीहरू एक जनालाई पनि नछुटाईकन खुशीपूर्ण संसार बनाउनतर्फ तल्लीन छन् ।
व्यावहारिक विचार
“छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्नुभएका पिता परमेश्वर र माता परमेश्वरको शिक्षाअनुसार ASEZ WAOले सारा मानव-जातिमाझ ‘दिने प्रेम’ बाँड्दछ ।
ASEZ WAOले ‘७ अरब मानव-जाति एउटै हौं’ भन्ने मान्यताद्वारा विश्वव्यापी गाउँका परिवारहरूले खेपिरहेका विभिन्न समस्याहरू समाधान गर्नका लागि तनमनले स्वयंसेवा गतिविधिहरू गर्दछ ।
ASEZ WAOले सकारात्मक कुरा, आशा र खुशीजस्ता जीवनका मुख्य मूल्य-मान्यता अझ धेरैसित बाँड्नका लागि अरूलाई बुझिदिँदै सेवा र बलिदान गर्दछ ।
ASEZ WAOका मुख्य गतिविधि
वातावरण संरक्षण
Green Workplace अभियान, विश्वव्यापी जागिरे युवा Clean Day, क्षेत्रीय सरसफाइ, वातावरण संरक्षण क्याम्पेन
जनचेतना जागरण अभियान
प्राकृतिक प्रकोप अथवा दुर्घटना भएको ठाउँमा मर्मत-सम्भार कार्य, पीडितहरूलाई सहयोग, रक्तदान
समाज सेवा
नर्सिङ होम, अनाथालय, अशक्त सुविधा केन्द्र, पिछडिएका छिमेकीहरूलाई समर्थन
संस्कृति आदानप्रदान
विश्वभरिका जागिरे युवाहरू ‘एक हुने दिन’ अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई समर्थन, अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान