दक्षिण अमेरिका

जोशको महादेशमा अवस्थित अमेजन वर्षावनको गहिराइमा समेत परमेश्वरको प्रेम न्यानो गरी प्रसार भएको छ ।

South America

सुसमाचारप्रतिको जोश र एकता रोप्दै

“अहिलेसम्म यो घना जङ्गलभित्र परमेश्वरको वचन सुनाउन कोही पनि आएका थिएनन् । परमेश्वरको मण्डली नै पहिलो हो” भनेर अमेजन वर्षावनका एक जना मुखियाले भनेका थिए । सन् १९९८मा पेरुमा पहिलो मण्डली स्थापना भएपछि हामीले मध्य र दक्षिण अमेरिका लगायत दुर्गम क्षेत्रहरूमा समेत जीवनको सत्यता सुनायौं । संसारमा आफ्नो स्थान बनाइरहेको क्यूबा, ब्राजिलको अमेजन वर्षावनको तारुमा र दक्षिणी ध्रुव अर्जेन्टिना नजिकैको दक्षिणी सहर उसुवाइया र महादेशका विभिन्न भागहरूमा समेत यहाँहरूले परमेश्वरको मण्डली भेट्टाउन सक्नुहुन्छ । हामीहरू सुसमाचार प्रचार र स्वयंसेवाका गतिविधिहरूलाई सक्रियतापूर्वक अगि बढाइरहेका छौं ।