माताको दशौँ शिक्षा

“थुमाद्वारा डोऱ्याइन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।”

109,521 भ्यु
लेख सुन्नुहोस् 5:53

स्वर्गीय माताले, थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ भन्नुभएको छ, किनभने यदि हामीहरू थुमाभन्दा अझ सानो थुमा भएनौं भने हामीले कदापि थुमालाई पछ्याउन सक्नेछैनौं । थुमाभन्दा ठूलो बन्न खोजियो भने थुमाको नेतृत्वसँग हाम्रो सोचाइ मिलेको अवस्थामा हामी उहाँलाई एकैछिन त पछ्याउछौं, तर उहाँको नेतृत्वसँग हाम्रो सोचाइ नमिलेको अवस्थामा चाहिँ हामी आफ्नो इच्छाअनुसार गर्न थाल्छौं । हामीले आफ्नो सोचाइलाई फालेर थुमालाई पछ्याउनको निम्ति हामीहरू थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।

थुमा हुनुभएका परमेश्वरद्वारा डोरिन र स्वर्गीय राज्य प्रवेश गर्न हामी परमेश्वरभन्दा अझ सानो बन्नुपर्छ अर्थात् हामीले आफ्नो सोचाइलाई फालेर परमेश्वरको वचनलाई पूर्ण ठान्दै आज्ञाकारी हुनुपर्छ । विश्वासको जीवन जिउने क्रममा, परमेश्वरले सजिलो बाटोको सट्टामा किन हामीलाई कठिन बाटोमा डोऱ्याउनुहुन्छ भन्ने कुरा हामीहरू बुझ्दैनौं । अनि कहिलेकहीँ परमेश्वरको वचन मसँग मिल्दैन, परमेश्वरको तरिकाभन्दा बरु मेरै तरिका ठीक छ भनेर सोच्न पुग्छौं ।

तर परमेश्वरको सोचाइ हाम्रो सोचाइभन्दा फरक छ (यशै ५५:८) । परमेश्वरले हामीलाई गर्नू भन्नुभएका सम्पूर्ण कुराहरू हाम्रो आत्मिक भलाइको निम्ति भएकोले हामीले आफूलाई होच्याउनुपर्छ, र प्रत्येक सोचाइको मापदण्डमा केवल परमेश्वरलाई राख्नुपर्छ । परमेश्वरको वचनप्रतिको अनाज्ञाकारिताचाहिँ परमेश्वरभन्दा उच्च हुन खोज्ने घमण्डी मनबाट आउँछ । थुमाभन्दा अझ सानो थुमा बन्नू भन्नुहुने माताको वचनलाई स्मरण गर्दै, जस्तोसुकै परिस्थितिमा पनि परमेश्वरको वचनमा आज्ञाकारी भएर अनन्त स्वर्ग प्रवेश गर्ने परमेश्वरका प्रजा हामीहरू हुनुपर्छ ।

अनि मैले हेरें, र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखें । उहाँको साथमा एक लाख चवालीस हजार थिए … थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन् … प्रका १४:१-४

समीक्षात्मक प्रश्न
माताको दशौँ शिक्षा के हो ?
हामीले आफूलाई होच्याएर प्रत्येक सोचाइको मापदण्डमा परमेश्वरलाई राख्नुपर्ने कारण के हो ?

माताको दशौँ शिक्षा

5:53
0:00 5:53

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।