WATV.org is provided in English. Would you like to change to English?

त्यो म होइन !

12,604 भ्यु
लेख सुन्नुहोस् 3:53

“अरू सबै जना मूर्ख बने तापनि, मलाई कसैले मूर्ख बनाउन सकेको छैन !” भनेर कम्तीमा एक चोटि भए पनि आफूलाई यसरी विश्वास दिलाउनुभएको छ होला । यहाँहरूले टेलिभिजन हेर्नुहुँदा वा इन्टरनेट चलाउनुहुँदा पनि यस्तो सोचाइ आएको हुन सक्छ । कहिलेकहीँ अश्लील वा हिंसात्मक दृश्यजस्ता हानिकारक विषयवस्तुहरू समावेश भएका कुराहरू हेर्दाखेरि ती कुराहरूले अरू मानिसहरूमा नराम्रो प्रभाव पारे तापनि आफूलाई चाहिँ त्यसले केही प्रभाव पार्दैन भनेर सोच्न पुगिएका अवस्थाहरू धेरै हुन सक्छ । यो अवस्थालाई ‘तेस्रो व्यक्ति प्रभाव’ भनिन्छ । सामाजिक सञ्जालका सन्देशहरूबाट सजिलै प्रभावित हुने अन्य व्यक्तिहरूको धारणाभन्दा आफ्नो धारणा उत्तम हो भन्ने आत्म-गौरवबाट यस्ता सोचाइहरू उत्पन्न हुने गर्छ ।

तर यसको ठीक विपरीत, सञ्चार माध्यममा सकारात्मक र सही सन्देशहरू समावेश भएको जनसेवा विज्ञापनहरूले अरूहरूमा भन्दा आफूमा अझ ठूलो प्रभाव पार्छ भनेर सोच्न पुगिने अवस्थालाई ‘पहिलो व्यक्ति प्रभाव’ भनिन्छ । यहाँहरूमा ‘मैले त राम्ररी बुझें, तर के यो विज्ञापनद्वारा अरूहरूको मनस्थिति परिवर्तन होला त ?’ भन्ने सोचाइ आउन सक्छ ।

अरूहरूलाई नराम्रो कुराले प्रभाव पार्छ, तर मलाई त राम्रा कुराहरूले मात्र प्रभाव पार्छ भन्ने सोचाइचाहिँ यहाँहरूको विवेकलाई कमजोर तुल्याउने छोटो बाटो पनि हुन सक्छ भन्ने कुरालाई याद राख्नुहोला ।

त्यो म होइन !

3:53
0:00 3:53

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।