WATV.org is provided in English. Would you like to change to English?

माताको तेह्रौँ शिक्षा

“हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्य हाम्रो हुने भएकोले हो ।”

664 हेरेको संख्या

विश्वासको जीवन जिउने क्रममा हामीहरू गाह्रो र कष्टकर अवस्थाको सामना गर्छौं । कहिले सत्यताको निम्ति सतावट भोगिन्छ त कहिले शैतानको परीक्षामा पनि परिन्छ । अनि कहिलेकहीँ सियोनमा दाजुभाइ, दिदीबहिनीहरूसँग मनमुटाव हुने अथवा अन्य विभिन्न समस्या पनि आउँछ । सबै सन्तहरू कष्ट र सतावटको सामना गर्दै विश्वासको बाटो हिँड्छन् । तर परमेश्वरले हामीलाई, भविष्यमा आउने स्वर्गलाई याद गर्दै यी सम्पूर्ण कष्टलाई सहनू, धैर्य गर्नू भन्नुभएको छ ।

परमेश्वरले हाम्रो निम्ति स्वर्गमा अकल्पनीय आशिष्‌हरू तयार गर्दैहुनुहुन्छ । त्यहाँ फेरि शोक, पीडा र कष्ट नै हुनेछैन । अनन्त खुशी र आनन्दले भरिएको ठाउँ हुनेछ । यो पृथ्वीको हाम्रो जीवन गाह्रो र कष्टकर भए पनि त्यो स्वर्गको महिमालाई सोच्यौं भने जित्न सक्नेछौं नि, होइन र ?

यो पृथ्वीको पीडा र कष्टलाई अनन्त स्वर्गको आशिष्‌सँग तुलना गर्ने हो भने ती सबै क्षणिक हुन् । पृथ्वीका नगण्य र क्षणिक कुराको पछि लागेर महिमित र अनन्त स्वर्गीय राज्यलाई गुमाउने मूर्ख मानिस हामीहरू बन्नुहुँदैन । अहिले स्वर्गीय राज्य हातले छुन सकिनेसम्म नजिक आएको छ । भविष्यमा गइने अनन्त स्वर्गीय राज्यलाई हृदयमा खोप्दै, परमेश्वरले प्रतिज्ञा गर्नुभएका सम्पूर्ण आशिष्‌हरू प्राप्त गर्ने परमेश्वरका सन्तान हामीहरू हुनुपर्छ ।

त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं ।रोम ८:१७-१८

समीक्षात्मक प्रश्न
माताको तेह्रौँ शिक्षा के हो ?