माताको नवौँ शिक्षा

“समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।”

762 हेरेको संख्या

स्वर्गीय माताले समुद्रजस्तै फराकिलो मन नै सुन्दर मन हो भन्नुभएको छ । समुद्रजस्तै फराकिलो मन भन्नाले दाजुभाइ, दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गरिदिएर उल्टै अरूको मनलाई शुद्ध गराउने मन हो । अनि योचाहिँ सजिलै रिसाउने, क्रोधित हुने मन होइनकि नम्रता र दयापूर्वक अरूलाई बुझिदिने, सहिदिने मन हो । स्वर्गीय माताले हेर्नुहुँदा यस्तो मन नै सुन्दर मन हो ।

त्यसोभए समुद्रजस्तै फराकिलो मन लिन हामीले कसो गर्नुपर्छ होला ? हाम्रो ठूलो पापसमेत क्षमा गरिदिनुभएका परमेश्वरलाई सोच्यौं भने हुन्छ । हामीहरू स्वर्गमा अक्षम्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । तर परमेश्वर स्वयम् हाम्रो पापको निम्ति प्रायश्चितको बलि हुनुभयो । त्योद्वारा उहाँले हाम्रो पापको ज्याला सट्टामा तिरिदिनुभयो, र हाम्रा सबै पाप क्षमा गरिदिनुभयो । जब हामीले परमेश्वरको यस्तो अनुग्रह र प्रेमलाई सोच्दछौं तब हामीले पनि दाजुभाइ, दिदीबहिनीको गल्तीलाई खुशीसाथ ढाकछोप गर्न सक्नेछौं ।

विश्वासको जीवन जिउने क्रममा कहिलेकहीँ दाजुभाइ, दिदीबहिनीको गल्ती अथवा कमजोरी देखिने अवस्था पनि हुन्छ । तर त्यस्तो अवस्थामा यदि हामीले आफ्नो भावनालाई दबाउन नसकेर उनीहरूको गल्तीलाई प्रकट गरिदिन्छौं भने हामीले अझैसम्म पनि आफू को हो भनेर महसुस गरेका छैनौं भन्ने कुरा त्यसले दर्शाउँछ । हामीहरू कदापि त्यस्तो हुनुहुँदैन । हामीहरू आफू पापी हो भन्ने कुरालाई कहिल्यै नबिर्सीकन सधैँ परमेश्वरलाई धन्यवाद चढाऔं । अनि सम्पूर्ण दाजुभाइ, दिदीबहिनीको गल्तीलाई ढाकछोप गरिदिन सक्ने समुद्रजस्तै फराकिलो मन लिऔं । यसो गर्दै माताबाट सच्चा र सुन्दर मन लिएका भनेर प्रशंसा पाउने हामीहरू सबै जना हुन सकौं ।

तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट ।” मत्ती १८:२१-२२

समीक्षात्मक प्रश्न
माताको नवौँ शिक्षा के हो ?
समुद्रजस्तै फराकिलो मन भन्नाले कस्तो मन हो, छलफल गरौं ।