WATV.org is provided in English. Would you like to change to English?

बाइबलको वचन

घुम्टो

बाइबलले सिकाएको घुम्टोको नियम

36,337 भ्यु

परमेश्वरको सेवा गर्ने मानिसहरूले नियमित आराधनाको समयमा उचित पहिरन लगाउनु उनीहरूको कर्तव्य हो । परमेश्वरले हामीमा पवित्र मन हुनुपर्छ, अनि पुरुषले शिर ढाक्नुहुँदैन, तर स्त्रीले शिर ढाक्नुपर्छ भन्ने शिक्षा दिनुभयो ।

… हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । प्रार्थना गर्दा वा अगमवाणी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ । तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । १ कोर ११:३-५

हामीले आराधना गर्नुको उद्देश्य नै परमेश्वरको महिमा प्रकट गर्नु हो । परमेश्वरको मण्डलीका पुरुष सन्तहरूले परमेश्वरको महिमा प्रकट गर्नको निम्ति आराधनाको समयमा शिर केहीले पनि ढाक्दैनन्, तर बाइबलको शिक्षाअनुसार स्त्री सन्तहरूले भने आराधनाको समयमा आफ्नो शिर घुम्टोले ढाक्दछन् । स्त्री सन्तहरूले शिर ढाक्ने नियमचाहिँ परमेश्वरको अधिकार प्रकट गर्ने चिन्हस्वरूप दिनुभएकोले त्यसलाई सामान्य सोचेर बेवास्ता गर्नुहुँदैन । परमेश्वरले दिनुभएका आज्ञाहरूमा एउटा सानो कुरा पनि अर्थहीन छैन, किनभने ती सबै आज्ञाहरू हामीलाई मुक्ति दिन र स्वर्ग-राज्य प्रवेश गराउनको निम्ति दिनुभएको हो ।