WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरबाट बोलावट पाएकाहरू

578 हेरेको संख्या

सर्वशक्तिमान् परमेश्वरले आफ्ना सन्तानहरूलाई बोलाउनुभएर तिनीहरूद्वारा आफ्ना महान् कार्यहरू पूरा गर्नुभएको छ भन्ने कुरा बाइबलको इतिहासद्वारा बुझ्न सकिन्छ । सम्पूर्ण थोकको सृष्टिकर्ता परमेश्वरले प्रत्येक युगमा यहोशू, शमूएल, दाऊद, पत्रुस र यूहन्नाजस्ता विश्वासका पुर्खाहरूलाई बोलाउनुभएर परमेश्वरको वचनको ज्योति ननिभोस् तर निरन्तर चम्किरहोस् भनी तिनीहरूलाई नियुक्त गर्नुभएको छ ।

यो अन्तिम युगमा, परमेश्वरले आफ्नो महान् कार्यमा हामीलाई बोलाउनुभएको छ । परमेश्वरको बोलावटप्रति योग्य हुन हामीहरूको मन कस्तो हुनुपर्छ भन्ने कुरा बाइबलको इतिहासद्वारा पत्ता लगाऔं ।

सम्पूर्ण शक्ति परमेश्वरसँग छ

परमेश्वरले आफ्ना कामदारहरूलाई बोलाउनुहुँदा, उहाँले तिनीहरूको बाहिरी स्वरूप र क्षमता हेर्नुहुन्न । परमेश्वरलाई आफ्ना कामदारहरूबाट केही आवश्यक परेकोले तिनीहरूलाई बोलाउनुहुने हो र ? अवश्य होइन । सर्वशक्तिमान् परमेश्वरले एक थोपा पानी नभएको मरुभूमिमा चट्टानबाट प्रशस्त पानी निकालिदिनुभएको थियो र उहाँले आफ्ना प्यारा मानिसहरूलाई मिश्री सेनाहरूबाट छुटकारा दिलाउन लाल समुद्र फटाउनुभयो ।

उहाँले भेडाको सीङका सात तुरहीको आवाजमा यरीहोको शक्तिशाली पर्खालहरू ढालिदिनुभयो र उहाँको विरुद्घमा युद्घ गर्नेहरूलाई हिउँ र शीतजस्तै गरी विलीन हुने गराउनुभयो । हामीसँग जतिसुकै शक्ति र क्षमता भए पनि परमेश्वरको निम्ति त्यसको केही अर्थ छैन ।

परमेश्वरबाट बोलावट पाएको मानिसले अब उप्रान्त कुनै चिन्ता लिनुपर्दैन । परमेश्वरको बोलावटप्रति विश्वासी भएर अगाडि बढेमा, उसले विजयको झन्डा फरफराउँदै सधैँ महिमाको गीत गाउन सक्नेछ ।

परमेश्वरबाट बोलावट पाए तापनि आँखाअघि देखिने कठिनाइहरू र अवरोधहरूको डरले गर्दा कहिलेकहीँ चिन्तित हुन पुगिन्छ । डर लागेको अवस्थामा इस्राएलीहरूको समयमा घटेको परमेश्वरको शक्तिशाली कार्यहरूको इतिहासलाई स्मरण गरौं, र त्यसले हामीलाई विश्वासमा स्थिर रहनको निम्ति शक्ति र साहस दिनेछ । प्रत्येक युगमा परमेश्वरको शक्तिशाली कार्यहरू आफ्नै आँखाले अवलोकन गर्नेहरूका जीवित गवाहीहरू हामी बाइबलमा पाउन सक्छौं ।

परमेश्वरको शक्तिमा भरोसा गरेका यहोशूको विश्वास

परमेश्वरको अद्भुत शक्ति इस्राएलीहरूको इतिहासमा प्रकट भएको छ । यहो शूले इस्राएलका मानिसहरूलाई यरीहोतर्पm डो¥याउँदा परमेश्वरको महान् शक्ति स्पष्टसँग प्रकट भएको थियो । कटनीको अवधिमा यर्दनमा बाढी आइरहन्थ्यो ।

त्यही समयमा यहोशूले मानिसहरूसँगै यर्दन नदी तर्नुपर्ने थियो । सबै किनाराहरूमा नदी बढेर आयो; बिजुली निकै तेज थियो र त्यहाँ डरलाग्दो भुँवरी पनि देखा प¥यो । तिनीहरू कुनै हालतमा पनि त्यो नदी आपैm तर्न सक्दैनथे ।

यद्यपि आफ्नो शक्तिशाली हातले सहायता गर्नुहुने परमेश्वरमा तिनीहरूले पूर्ण विश्वास गरे, र उहाँको वचन पालन गरे । परिणामस्वरूप, करारको सन्दूक अगाडि बोक्दै तिनीहरू क्रमैसँग नदी तर्न सके ।

यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आ–आफ्ना पालहरू उठाए, पूजाहारीहरू करारको सन्दूक बोकेर मानिसहरूका अगि लागे । कटनीको अवधिभरि यर्दनमा बाढी आइरहन्छ । तापनि सन्दूक बोक्ने पूजाहारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर, सार्तानको नजिक आदम भनिने सहरनेरै थामिएर एउटा रास भएर अड्यो, र अराबाको समुद्र, अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो । यसर्थ मानिसहरू यरीहोको पारिबाट पार तरे । सारा इस्राएलीहरू ओबानो जमिनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुञ्जेलसम्म परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खडा रहे । यहो ३ः१४–१७

यदि तिनीहरू बाहिरी परिस्थितिको सामु झुकेर साहसपूर्वक अगाडि नबढेका भए अनि डुब्ने डरमा परमेश्वरको आदेश पालन नगरेका भए, तिनीहरू दूध र मह बग्ने कनानको भूमिमा कहिल्यै पाइला टेक्न नपाई मरुभूमिमा नै नष्ट हुनेथिए होलान् ।

परमेश्वरले तिनीहरूलाई अघि बढ्न र यर्दन नदी पार गर्न भन्नुभएकोले, तिनीहरूले डर नमानीकन आफ्ना खुट्टा पानीमा हाले । तिनीहरू यर्दनको ओ बानो जमिनबाट पार हुन सकून् भनी परमेश्वरले यर्दको पानी थाम्नुभएर काटिने गराउनुहुँदा तिनीहरूले उहाँको शक्ति महसुस गरे ।

जब तिनीहरू यरीहोमा आइपुगे, तब तिनीहरूले तरवार वा भालाद्वारा त्यस सहरमाथि आक्रमण गरेनन् तर परमेश्वरको आदेशअनुसार दिनमा एक चोटि ६ दिनसम्म घुमे । यरीहो सहर वरिपरि सात पल्ट घुम्ने अन्तिम(सातौँ) दिनमा त्यो सहर ढाल्नुहुने परमेश्वरको योजना तिनीहरूले बल्ल बुझे ।

त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो । कोही भित्र–बाहिर गर्न पाउँदैनथ्यो । … यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई बोलाएर भने, “करारको सन्दूक उठाओ, र सात जना पूजाहारी भेडाका सीङका सात वटा तुरही भिरेर परमप्रभुका सन्दूकको अगाडि हिँडून् ।” … सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ ।” … जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो । तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे । यहो ६ः१–२०

परमेश्वरले तिनीहरूलाई तुरही फुक्न र कराउन भन्नुभएको थियो, र तिनीहरूले त्यसै गरे । त्यसपछि यरीहोको मजबूत पर्खाल घर्लम्मै ढल्यो । इस्राएलीहरूको ठूलो चिच्याहटको कारणले त्यस्तो घटना घटेको होइन । परमेश्वरले तिनीहरूलाई ‘घुम्नू’ भन्नुहुँदा, तिनीहरू घुमे; र परमेश्वरले तिनीहरूलाई ‘चिच्याउनू’ भन्नुहुँदा तिनीहरू चिच्याए । इस्राएलीहरूमा परमेश्वरप्रतिको त्यस्तो आज्ञाकारी विश्वास भएकोले गर्दा तिनीहरूले उहाँको महान् शक्ति महसुस गर्न सकेका थिए ।

परमेश्वरले ‘कराउनू’ भन्नुहुँदा यदि केवल दश प्रतिशतले मात्रै कराएर बाँकीहरूचाहिँ चूपचाप बसेका भए नि त ? के तिनीहरूले त्यस्तो आश्चर्यजनक परिणाम प्राप्त गर्ने थिए होलान् ? कदापि प्राप्त गर्ने थिएनन् । यदि सबै इस्राएलीहरू नकराएका भए, परमेश्वरको बाहुलीबाट त्यस्तो शक्तिशाली कार्य हुनेथिएन ।

परमेश्वरले तिनीहरू सबैलाई कराउनू भन्नुहुँदा, के कराउनेहरूको क्षमता र योग्यता नै सम्पूर्ण कुरा हो र ? अवश्य होइन । परमेश्वरमा केही असम्भव छैन । परमेश्वरले भन्नुभएको कुरा सबै मान्नु र पछ्याउनु नै विजय हासिल गर्न सकिने बाटो हो ।

अहिले हामीहरू पनि कराउनको निम्ति परमेश्वरबाट बोलाइएका छौं । जब हामी महानगरी बेबिलोनतिर चर्को गरी तुरही फुक्छौं, तब परमेश्वरको महान् शक्ति कार्यान्वयन भएको हामीहरू देख्न सक्छौं ।

परमेश्वर सर्वज्ञ, सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ । के उहाँ यो युगमा चाहिँ मौन बस्नुहुन्छ होला ? अहिले प्रत्येक अगमवाणीहरू पूरा भइरहेका छन् । परमेश्वरले विगतमा भन्दा यो वर्तमान युगमा हामीलाई अझ धेरै सहयोग गर्नुहुन्छ । तापनि, परमेश्वरको बोलावटमा प्रतिक्रिया नदिएसम्म र आफ्ना कार्यहरू राम्ररी नगरेसम्म, हामीले परमेश्वरको महान् शक्ति र सहयोग महसुस गर्न सक्दैनौं ।

परमेश्वरको शक्तिमा भरोसा गर्ने गिदोनको विश्वास

गिदोनको इतिहासद्वारा, सर्वशक्तिमान् परमेश्वरको शक्तिलाई फेरि एक पल्ट स्मरण गरौं । मिद्यानी सेनाहरू इस्राएललाई आक्रमण गर्न छाउनी बनाएर बसिरहेको बेला, एक लाख पैँतीस हजार मिद्यानी सेनाहरूको विरुद्घमा लड्ने इस्राएली सेनाहरू जम्मा बत्तीस हजार जति थिए । तापनि, परमेश्वरले युद्घमा पठाउन इस्राएली सेनाहरू चुन्नुहुँदा, बत्तीस हजारको सङ्ख्याचाहिँ धेरै छ भनेर भन्नुभयो । परमेश्वरले तिनीहरूमध्ये केवल तीन सय जनालाई मात्र चुन्नुभएर तिनीहरूभन्दा करीब चार सय गुणा बढी मिद्यानी सेनाहरूको विरुद्घ लड्ने आदेश दिनुभयो ।

… परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्रता इस्राएलीहरूले मेरो विरुद्ध घमण्ड गर्नेछन्, र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन् । अब सबै मानिसहरूले सुन्ने गरी एउटा उर्दी घोषणा गर्, कि यहाँ कोही डरले काँप्नेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरुन्तै आफ्ना घरमा गइहालून् ।” यसरी बाईस हजार जना फर्किगए, र दश हजार बाँकी रहे । तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “अभैm पनि मानिसहरू धेरै छन् । तिनीहरूलाई तल खोलामा लैजा, र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु ।”…परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु । बाँकी सबै आ–आफ्नो ठाउँमा जाऊन् ।” यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ–आफ्नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे । अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए । … ती तीनै दल सबैले आ–आफ्नो तुरही फुके र गाग्रो फुटाए । देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार !” हरेक मानिस आपूm बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे, र सबै मिद्यानीहरू चिच्याउँदै भागे । ती तीन सय जनाले आफ्नो–आफ्नो तुरही फुक्दा, परमप्रभुले छाउनीभरि हरेकलाई एक–अर्काको विरुद्धमा उठाउनुभयो । तब मिद्यानी सेना … सिमानासम्म भागे । न्याय ७ः१–२३

गिदोनका तीन सय सेनाहरूले आफ्ना हातमा भाला र तरवारजस्ता हतियार होइन कि राँको, तुरही र गाग्रोहरू बोकेका थिए । तापनि, तिनीहरूको हृदय परमेश्वरप्रतिको विश्वासले भरिएको थियो । जम्मा तीन सय सेनाहरूले एक लाख पैँतीस हजार विपक्षी सेनाहरूलाई पराजित गर्लान् भनेर कसले कल्पना गरेको थियो होला र ? तसर्थ, मिद्यानीहरूलाई पराजित गराउन परमेश्वरले अघि नै योजना बनाइसक्नुभएको थियो । बोलाइएका मानिसहरू विश्वासद्वारा जीवित गवाहीको रूपमा परमेश्वरको शक्तिशाली कार्यहरूमा सहभागी भएका थिए ।

परमेश्वर, गाह्रो र अप्ठ्यारो परिस्थितिहरूमा पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने यथार्थता महसुस गराउन हामीलाई बोलाउनुहुन्छ र कार्यहरू सुम्पनुहुन्छ अनि केवल परमेश्वरमा नै भरोसा गराउन आफ्नो शक्ति हामीमा प्रकट गर्नुहुन्छ ।

परमेश्वरले हामीलाई कार्यहरू जिम्मा दिनको निम्ति बोलाउनुभएकोले हामीले ती कार्यहरूलाई असम्भव सोच्नु भनेको बाइबलको एउटै पृष्ठ पनि नपढेसरह हुनु हो । परमेश्वरको बोलावट पाएकाहरूका निम्ति सबै सम्भव छ । साँघुरो सोचाइ भएका मानिसको नजरमा यो असम्भव देखिए तापनि परमेश्वरभित्र चाहिँ सबै कुराहरू सम्भव छन् ।

परमेश्वरको बोलावट पाउन योग्यको विश्वास

परमेश्वरले शून्यताबाट पृथ्वीमा जीवित प्राणीहरू सृष्टि गर्नुभयो । उहाँले अन्धकारबाट उज्यालो छुट्ट्याउनुभयो र जमिनमुनिको पानीबाट जमिनमाथिको पानी छुट्ट्याउनुभयो । उहाँले जमिनमा चलहल गर्ने प्राणीहरू, हावामा उड्ने चराचुरुङ्गीहरू, सम्पूर्ण जीवजन्तुहरू र हरेक जातअनुसारका समुद्रका माछाहरू बनाउनुभयो; उहाँले सबै जातका वृक्षहरू र रूखहरू बनाउनुका साथै दुर्ई विशाल ज्योतिहरू पनि बनाउनुभयो– ठूलो ज्योति(सूर्य) दिनमा प्रभुत्व गर्न, र सानो ज्योति (चन्द्रमा) रातमा प्रभुत्व गर्न ।

परमेश्वरले शून्यताबाट नै सबै थोक सृष्टि गर्नुभएको छ भने हामीचाहिँ त्योभन्दा अझ कठिन परिस्थितिमा छौं भन्ने सोचेर, के हामी परमेश्वरको बोलावटप्रति हिचकिचाउनु हुन्छ होला त ? कदापि हुँदैन । सबै सम्भव छ । हामीले जस्तोसुकै कठिनाइहरू भोग्नुपरे तापनि, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरको सहयोगद्वारा अवश्य जित्न सक्नेछौं ।

हाम्रा विश्वासका पुर्खाहरूले परमेश्वरको बोलावट पाउँदा हिचकिचाएनन्, डराएनन्, न त आफ्नो दुर्बलतामा हार माने । कलिलो भए पनि दाऊदले आफ्नो घुयेँत्रोद्वारा दैत्य गोल्यतलाई पराजित गरेर आफ्नो पुरुषार्थ देखाए । पत्रुस, एक अशिक्षित मछुवा थिए, तापनि तिनले विनाहिचकिचाहट परमेश्वरको बोलावटलाई पछ्याए; परिणामस्वरूप तिनले स्वर्गको राज्यका साँचाहरू प्राप्त गरे ।

यसरी, परमेश्वरले कमजोरहरूलाई बोलाउनुभएर आफ्नो शक्ति प्रकट गर्नुभएको छ; कमजोरलाई चुन्नुभएर ठूलो र शक्तिशाली जाति र राज्यहरूलाई नष्ट गराउनुहुने उही परमेश्वरले अहिले हामीहरूलाई बोलाउनुभएको छ । हामीले आफ्नो अवस्था र असामथ्र्यप्रति लाज मान्नु र गुनासो गर्नुभन्दा बरु परमेश्वरको शक्तिद्वारा सम्पूर्ण कार्यहरू गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर परमेश्वरको बोलावटलाई पछ्याउनुपर्छ । यदि हामीले पूर्ण विश्वाससाथ परमेश्वरको बोलावटलाई पछ्यायौं भने विजयहरू निश्चित दोहोरिनेछन् ।

मायालु दाजुभाइ तथा दिदीबहिनीहरू ! हामीचाहिँ अक्षरस रूपमा मात्र परमेश्वरलाई विश्वास गर्ने व्यक्ति हुनुहुँदैन । यदि कसैले बाइबलले गवाही दिएको परमेश्वरको शक्तिलाई त विश्वास गर्छ, तर असम्भवजस्तो देखिने अवस्था आइपर्दा निरुत्साहित भएर परमेश्वरको बोलावटलाई इन्कार गर्छ भने ऊ साँचो विश्वास लिएको व्यक्ति होइन । बाइबलमा उल्लेखित अग्रजहरूका विश्वासलाई हेर्दै हामीले पनि परमेश्वरको बोलावटलाई राजीखुशीसाथ स्वीकार गर्ने त्यस्तो शक्ति र साहस लिनुपर्छ ।

परमेश्वरको बोलावट पाएका यहोशू, शमूएल, गिदोन र दाऊदजस्ता मानिसहरूमा विजयको प्रतिज्ञा पहिल्यै गरिएको हुन्छ । युद्धमा विजयी हुने कुरा पूर्वनिर्धारण भइसकेकोले परमेश्वरले तीन सय जना इस्राएली सेनाहरूलाई मिद्यानका विशाल सेनाहरूका विरुद्धमा आक्रमण गर्न लगाउनुभयो; परमेश्वर स्वयम्ले इस्राएलीहरूलाई पार गराउनुहुने भएकोले यर्दन नदी तर्न लगाउनुभयो; अनि परमेश्वरले ती इस्राएलीहरूद्वारा यरीहो सहर नष्ट गराउनुहुने भएकोले तिनीहरूलाई त्यो सहर वरिपरि घुम्न लगाउनुभयो ।

वास्तवमा परमेश्वरबाट बोलावट पाएकाहरूमा विजय पूर्वनिर्धारण गरिएको हुन्छ भन्ने यथार्थतालाई हामीले कहिल्यै बिर्सनुहुँदैन । “म यो कुरामा कमजोर छु” भन्ने नकारात्मक सोचाइमा अल्झियौं भने, हामीले परमेश्वरको शक्तिलाई कहिल्यै महसुस गर्न सक्दैनौं । यदि हामीले आफ्नो क्षमता र योग्यतालाई नै विशेष ठान्यौं भने हामीहरू परमेश्वरको बोलावटलाई इन्कार गर्ने मूर्ख मानिस बन्न पुग्छौं ।

यो समयमा एकदमै महत्वपूर्ण कार्यको निम्ति हामीहरू परमेश्वरबाट बोलाइएका छौं । परमेश्वरले यहोशूलाई बोलाउनुभएर इस्राएलीहरूलाई यर्दन नदी पार गराउनुभयो, र तिनीहरूलाई दूध र मह बग्ने कनान देशमा डो¥याउनुभयो । उहाँले गिदोनलाई बोलाउनुभएर इस्राएलीहरूलाई मिद्यानीहरूको बन्धनबाट छुटकारा दिनुभयो । यी अन्त्यका दिनहरूमा सुसमाचारको कार्य पूरा गर्नको निम्ति हामीलाई बोलाउँदै हुनुहुन्छ । त्यसैले परमेश्वरको महान् अभिप्राय महसुस गरेर उहाँको कार्यमा सहभागी बन्ने हामीहरू हुनुपर्छ ।

परमेश्वरले हामीलाई बोलाउनुहुँदा विजय सुनिश्चित भइसकेको हुन्छ । अहिले परमेश्वरको बोलावटले हाम्रो हृदयलाई उत्साहित गराइरहेको छ । परमेश्वरले कमजोर र निर्बलहरूलाई चन्नुभएर आफ्ना महान् कार्यहरू पूरा गर्न लगाउनुभएजस्तै यी अन्त्यका दिनहरूमा पनि, कमजोर हामीहरूलाई बोलाउनुभएर सबै देशका जातिहरूलाई पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिन र परमेश्वरले आज्ञा गर्नुभएका सबै कुरा पालन गर्न सिकाउने यस्तो महान् कार्यको जिम्मा दिनुभएको छ ।

तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ । यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” मत्ती २८ः१८–२०

फल नफलाउनेहरूचाहिँ आत्मिक रूपमा डरलाग्दो अवस्थामा छन् भन्ने कुरा हो । हिउँदका फलहीन वृक्षहरू स्वर्गको राज्यमा पस्न पाउनेछैनन् भन्ने कुरा हामीले बाइबलद्वारा जानिसकेका छौं । आफ्नो अवस्था र गौरवको बारेमा सोच्दै हामीले परमेश्वरको बोलावटलाई कुनै हालतमा पनि लत्याउनुहुँदैन । ख्रीष्टले पनि शरीर धारण गरी यो पृथ्वीसम्म आउनुभएर एक आत्मा बचाउनको निम्ति अपमान र कष्ट पाउनुभएको कुरालाई स्मरण गर्दै हामी पनि ख्रीष्टको उदाहरणलाई पछ्याउँदै विश्वासद्वारा अगि बढ्नुपर्छ ।

दुर्बल र अयोग्य भए तापनि, यदि हामीले गिदोन र दाऊदजस्तै परमेश्वरको शक्तिमा भरोसा ग¥यौं र परमेश्वरको बोलावटमा आज्ञाकारी भयौं भने, परमेश्वरले धेरै आत्माहरूको मन चलाइदिनुभएर हामीलाई धेरै फल दिनुहुनेछ । हामी सबै जना एउटै शरीरका अङ्गहरू हौं । सुसमाचारको कार्यमा केहीले सन्तानहरूचाहिँ सुसमाचारको बीउ रोप्ने अनि केहीलेचाहिँ त्यसमा पानी हाल्ने गरेर कडा परिश्रम गर्ने हो भने प्रशस्त फल फल्नेछ ।

दाजुभाइ तथा दिदीबहिनीहरू ! परमेश्वरले हामीहरूलाई यस युगमा सुसमाचारको कार्य पूरा गर्नको निम्ति बोलाउनुभएको यथार्थतालाई नबिर्सौं । अन्त्यको दिनमा परमेश्वरले सुसमाचारको कार्य समाप्त गर्नुहुँदा, विश्वासमा रहेका सबै सन्तहरू “हल्लेलूयाह” भनी कराउँदै सँगै स्वर्ग फर्कन सकौं भन्ने आशा गर्दछु ।