फिरफिरे घुमाउनको लागि

6,059 भ्यु

“बुबा, मैले बनाएको फिरफिरे हेर्नुहोस् ।”

“वाह, राम्रो छ ! यसले कत्तिको काम गर्छ भन्ने कुरा बुझ्नका लागि एक चोटि परीक्षण गर्नुपर्ला ?”

छोराको हात समाउँदै बुबा घर नजिकैको पार्कमा जानुभयो । उत्साहित छोराले हात माथि उचाल्दै फिरफिरे घुमाउन खोज्यो तर त्यो दिन हावा सुस्त थियो ।

“बुबा, मेरो फिरफिरे घुम्दैघुमेन ।”

छोरा निरुत्साहित भयो ।

“यस्तो अवस्थामा यसलाई घुमाउने एउटा तरिका छ ।”

तरिका के हो नि ?

फिरफिरे समातेर, बुबा छिटो-छिटो दौडनुभयो । अन्ततः फिरफिरे तीव्र गतिमा घुम्न थाल्यो । बुबाले एक फन्को मारेर छोराकहाँ फर्किएर भन्नुभयो ।

“परिश्रमसाथ दौडनेहरूका लागि असम्भव केही छैन ।”