बिरुवाहरूमा हुने एलिलोप्याथी

6,181 भ्यु

बतास चल्दा वा हावाले जडिबुटीलाई हल्लाउँदा, त्यसले मानिसहरूले मन पराउने कडा सुगन्ध फाल्छ । तर वास्तवमा तिनीहरूले त्यो सुगन्ध फाल्नुको कारणचाहिँ आफूलाई बाह्य आक्रमणबाट बचाउनको निम्ति हो ।

झुसिलकीराहरूले सल्लाको पात खान्छन् र बन्दामा लाग्ने कीराहरूले बन्दाको पात खान्छन् । तर ती कीराहरूले बिरुवालाई सजिलै खान सक्दैनन् । बिरुवाहरूलाई झुसिल्किराले आक्रमण गर्दा चोट लागेको ठाउँबाट एउटा रासायनिक पदार्थ निस्किन्छ । त्यो सुगन्धलाई सुँघ्दा बारुलाहरू झुसिल्किरालाई सिकार गर्न तीरजस्तै उडेर आउँछन् । आलुको टुसोमा हुने विषालु पदार्थ एलिसिन, लसुनमा हुने मसालेदार गन्ध पनि तिनीहरूलाई सुरक्षा प्रदान गर्ने रासायनिक पदार्थ हुन् ।

कीराहरूले बोटबिरुवाहरूलाई आक्रमण गर्दा रासायनिक स्रावद्वारा आफूलाई बचाउँछन् तर तिनीहरूले मानव र जनावरहरूले जस्तै आफ्नो सुरक्षा गर्न सक्दैनन् । बोटबिरुवाहरूले आफ्नो सुरक्षाका लागि जरा वा पातहरूबाट रासायनिक पदार्थ निकाल्ने गर्छन् ।

यी रसायहनहरूलाई एलिलोकेमिकल(allelochemical) भनिन्छ । सबै बोटबिरुवाहरूमा एलिलोकेमिकल हुन्छन् । तसर्थ कमजोर देखिने बिरुवाहरूमा पनि आफ्नो रक्षा गर्ने बलियो जीवन शक्ति हुन्छ ।