दुई महत्त्वपूर्ण दिनहरू

15,485 भ्यु
लेख सुन्नुहोस् 3:40

मञ्चमा उभिएका वक्ताले हलमा भएका दर्शकहरूलाई सोधेछन् ।

“जीवनमा दुईवटा सबैभन्दा महत्त्वपूर्ण दिन हुन्छन् । ती दुई दिनहरू कहिले-कहिले हुन् ?”

दर्शकहरूले “आफू जन्मेको दिन“, “विवाह गरेको दिन”, “सन्तान जन्मेको दिन” जस्ता विभिन्न जवाफहरू दिएछन् । वक्ताले मुस्कुराउँदै दर्शकहरूको जवाफ एक-एक गर्दै पढे, अनि भने,

“जीवनको पहिलो महत्त्वपूर्ण दिन, यहाँहरू धेरै जनाले भन्नुभएजस्तै, आफू जन्मेको दिन हो । यहाँहरूले टाउको हल्लाउनुभएको देख्दा सबै जना सहमत हुनुहुन्छ जस्तो लाग्छ, त्यसोभए अर्को महत्त्वपूर्ण दिनचाहिँ कहिले होला ?”

सही उत्तर थाहा भए जसरी दर्शकहरूले आत्मविश्वासका साथ “आफू मर्ने दिन” भनेर जवाफ दिए । त्यसपछि वक्ताले टाउको हल्लाउँदै भने ।

“मर्ने दिन महत्त्वपूर्ण छैन । मानिस कुनै न कुनै दिन मर्नु नै पर्छ, र मरेपछि सबै कुरा सकिने भएकोले यसले हाम्रो जीवनमा कुनै प्रभाव पार्न सक्दैन । आफूले माया गर्ने मानिसलाई भेटेर घरजम गर्ने दिन पनि महत्त्वपूर्ण छ, अनि सन्तान जन्मिने दिन पनि साँच्चै महत्त्वपूर्ण छ, तर त्यो भन्दा पनि महत्त्वपूर्ण एउटा दिन छ । त्योचाहिँ, आफू जन्मिनुको कारण (उद्देश्य) महसुस गर्ने दिन हो ।”

* यो लेखचाहिँ लेखक तथा स्तम्भकार रिचर्ड जे. लाइडरको भनाइबाट साभार गरिएको हो ।

दुई महत्त्वपूर्ण दिनहरू

3:40
0:00 3:40

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।