मर्यादाको जगेर्ना

10,669 भ्यु
लेख सुन्नुहोस् 4:37

देशको प्रशासन वा स्थानीय सार्वजनिक निकायको जिम्मेवारीमा रहेका कोरियाली सरकारी अधिकारीहरूका लागि, मर्यादा कायम राख्नु विकल्प होइन तर दायित्व हो । सबै सार्वजनिक अधिकारीहरूले राज्य सार्वजनिक अधिकारी ऐनको धारा ६३ पालन गर्नुपर्छ, जसअन्तर्गत यस्तो लेखिएको छ, “कुनै पनि सार्वजनिक अधिकारीले आफ्नो कर्तव्यसँग सम्बन्धित होस् वा नहोस्, आफ्नो मर्यादामा आँच आउने कुनै पनि काम गर्नुहुँदैन ।” यसलाई कानुनको रूप दिइएकोले, सर्वसाधारण व्यक्तिबाट हुँदा सहजै बेवास्ता गर्न सकिने गल्ती पनि अधिकारीविरुद्ध चाहिँ विभागीय कारबाहीको कारण बन्न सक्छ। कतिपयले सरकारी अधिकारीहरूको गोपनीयता संरक्षणको माग गर्छन् वा विभागीय कारबाहीको दायरा र स्तरबारे बहस गर्छन् । तथापि, सर्वसाधारणको तुलनामा उनीहरूको नैतिक मापदण्ड अझ बढी कडा हुनुपर्छ भन्ने विचारले नै अझ बढी मान्यता पाइरहेको छ, किनभने सरकारी अधिकारीहरू जनताको विश्वासको जगमा रहेर काम गर्छन् ।

सुसमाचारका कामदारहरूका लागि पनि आफ्नो ओहोदा सुहाउँदो मर्यादा आवश्यक पर्छ । परमेश्वरले हामीलाई असल कार्यद्वारा संसारको नुन र ज्योति हुन भन्नुभएको छ । तसर्थ परमेश्वरद्वारा अनुमोदित सुसमाचार कामदारको रूपमा हामीले कदापि अमर्यादित काम गर्नुहुँदैन । यस्तो हुनका लागि सबैभन्दा पहिले हामी परमेश्वरको स्वरूपमा मिल्दोजुल्दो चरित्रले सुसज्जित हुनुपर्छ । हामी सबै सँगै ईश्वरीय स्वभावमा सहभागी हुन प्रयास गरौं र ख्रीष्टियनको रूपमा आफ्नो मर्यादालाई जोगाइराखौं । 

तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ । १ पत्र १:१५

मर्यादाको जगेर्ना

4:37
0:00 4:37

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।