पैसाद्वारा किन्न सकिने खुसी

11,349 भ्यु
लेख सुन्नुहोस् 3:34

के पैसाले खुसी किन्न सकिन्छ ? खुसीचाहिँ बजार वा डिपार्टमेन्ट स्टोरमा बेचिने सामान होइन, त्यसैले यसलाई पैसाले किन्न सकिँदैन । यदि पैसाले खुसी किन्न सकिने भए धेरै पैसा हुने मानिसहरू सबैभन्दा बढी खुसी हुनेथिए । तर वास्तविकता त्यस्तो हुँदैन । यद्यपि पैसाले खुसी किन्न सकिने एउटा तरिका छ ।

हार्वड विश्वविद्यालयका प्राध्यापक माइकल नोर्टनले एउटा अनुसन्धान गरे, जसमा उनले दुई समूहमा मानिसहरूलाई विभाजन गरे, र उनीहरूलाई ५देखि २० डलर दिए । उनले एउटा समूहलाई आफ्ना लागि खर्चन भने र अर्को समूहलाई चाहिँ अरूका लागि खर्चिन भने । त्यसपछि उनले तिनीहरूको खुसीको मात्राबारे सर्वेक्षण गरे । आफ्नो लागि कफि वा अन्य सामान खरिद गर्नेहरूको खुसीको स्तरमा खासै कुनै परिवर्तन आएन तर अरूका लागि उपहार खरिद गरिदिनेहरू चाहिँ अझ बढी खुसी भए । धनी देश, गरिब देश, कुनै कम्पनी वा खेलकुद टोलीहरू जस्ता फरक अवस्था भएको सहभागीहरूको परिणाम पनि उस्तै थियो ।

यदि तपाईं धेरै कमाउँदा खुसी हुनुहुन्न वा थोरै कमाउँदा दुःखी हुनुहुन्छ भने तपाईंले गलत तरिकाले पैसा खर्च गर्दैहुनुहुन्छ भन्ने अर्थ हो । कारण खुसीचाहिँ तपाईंले धेरै कमाउनुहुन्छ भन्ने कुराले होइन तर कसरी खर्च गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

पैसाद्वारा किन्न सकिने खुसी

3:34
0:00 3:34

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।