नजिकका मानिसहरूलाई प्रसन्न तुल्याओ

14,271 भ्यु
लेख सुन्नुहोस् 3:25

​करीब २,५०० वर्षअघि चीनको सानो मुलुकमा एक जना राजा थिए । उनलाई एउटा चिन्ताले पिरोलेको थियो । तिनका प्रजाहरू प्रायःजसो सिमाना पार गरी छिमेकी देशहरूमा जाने भएकाले तिनको देशको जनसङ्ख्या र कर राजस्व घटेको थियो । कन्फुसियस आफ्ना चेलाहरूसँगै ती राजालाई भेट गर्न आए । तब राजाले कन्फुसियसलाई आफ्ना समस्याहरू बताउँदै सोधे,

“गुरुज्यू, मेरा प्रजाहरू दिनदिनै भागिरहेका छन् । उनीहरूलाई रोक्नको निम्ति के म विशाल पर्खाल निर्माण गरौं ?”

तब कन्फुसियसले यस्तो जवाफ दिए,

“आफ्नो नजिकका मानिसहरूलाई प्रसन्न तुल्यायौ भने टाढाका मानिसहरू पनि नजिक आउनेछन् ।”

यदि राजाले आफ्ना प्रजाहरूलाई राम्ररी शासन गरी प्रसन्न तुल्याए भने त्यो खबर छिमेकी देशहरूमा पनि फैलनेछ, अनि टाढाका मानिसहरू पनि उक्त मुलुकमा ओइरिएर आउनेछन् भनेर कन्फुसियसले भन्न खोजेका थिए ।

बुबा-आमा, छोरा-छोरी, दाजुभाइ-दिदीबहिनी, पति-पत्नी, इष्टमित्र र सहकर्मीहरू … आफ्ना नजिकका मानिसहरूलाई अमूल्य ठान्दै उनीहरूप्रति राम्रो व्यवहार गर्नु नै अब यहाँहरूको प्राथमिकता हो । आफ्नो नजिकका मानिसहरूलाई गुमाउनुभएन भने नयाँ व्यक्तिसित पनि राम्रो सम्बन्ध कायम राख्न सक्नुहुनेछ ।

नजिकका मानिसहरूलाई प्रसन्न तुल्याओ

3:25
0:00 3:25

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।