मध्यरातमा काममा जाँदा

7,591 भ्यु
लेख सुन्नुहोस् 3:41

बिहान सबेरै गस्तीमा रहेको प्रहरीले एकान्त सडकमा हिँडिरहेको एक जना युवकलाई भेट्टाए । उक्त प्रहरीले त्यस युवककहाँ गएर रातको समयमा कहाँ जान लागेको भनी सोधे । ती युवकले यस्तो जवाफ दिए ।

“म अहिले काममा जाँदैछु ।”

संयुक्त राज्य अमेरिकाको अलाबामामा बस्ने ती युवकको नाउँ वाल्टर कार थियो । नाउँ चलेको कम्पनीमा नयाँ जागिर पाएका उनी त्यस दिन बिहान ८ बजेसम्म ग्राहकको घरमा पुग्नुपर्ने थियो, तर उनको गाडी ठीक त्यही समयमा बिग्रियो । उनको गन्तव्यस्थल घरदेखि ३२ कि.मि. टाढा थियो । पैदल हिँडेर कम्तीमा पनि ७-८ घण्टा लाग्थ्यो । कामको पहिलो दिनमा ढिला हुन नचाहेका ती युवक मध्य रातमै घर छोडेर स्मार्टफोनको नक्सामा भर पर्दै अँध्यारो सडकमा हिँडिरहेका थिए ।

सम्पूर्ण वृतान्त सुनेपछि प्रहरी अधिकारीले उनलाई बर्गर किनिदिए, अनि सुरक्षित ठाउँमा पुऱ्याइदिए । अन्ततः ती युवक तोकिएको समयभन्दा अघि नै ग्राहकको घरमा पुगे, र अरू कर्मचारीहरू आइपुग्नअघि नै काम सुरु गरे । यो घटना थाहा पाएका हाकिमले आफू एकदमै गौरवान्वित, खुसी र प्रभावित भएको कुरा बताए । अनि उपहारस्वरूप उनलाई आफ्नो गाडी दिए ।

कठिन र चुनतीपूर्ण अवस्थाको बाबजुद पनि ती युवकले ग्राहक र कम्पनीसँगको आफ्नो वाचा पूरा गरे, र सफलतापर्वक आफ्नो व्यवसायिक जीवन सुरु गरे ।

मध्यरातमा काममा जाँदा

3:41
0:00 3:41

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।