ज्योतिका सन्तानको रूपमा

13,013 भ्यु
लेख सुन्नुहोस् 4:03

अन्धकार जति गहिरो हुन्छ, चन्द्रमाको ज्योति त्यति नै उज्यालो देखिन्छ । रातको समयमा आकाशमा चम्किलो गरी चम्किने चन्द्रमाले सडकलाई उज्यालो बनाउँछ र मार्गदर्शकको रूपमा काम गर्छ ।

चन्द्रमा आफैले ज्योति उत्सर्जन गर्न सक्दैन । तर यसले ज्योति उत्सर्जन गरेजस्तो देखिनुको कारणचाहिँ सूर्यको ज्योति चन्द्रमाको सतहमा परावर्तन हुने भएकोले हो । चन्द्रमाको सानो भागमा सूर्यको ज्योति पर्दा अर्धचन्द्राकार हुन्छ, आधा भागमा पर्दा आधा चन्द्रमा हुन्छ र पूरा चन्द्रमामा पर्दाचाहिँ पूर्णिमा बन्छ ।

“किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ । ज्योतिका सन्तानझैँ हिँड्‌डुल गर, …” एफि ५:८

परमेश्वर ज्योति हुनुहुन्छ । उहाँले हाम्रो अन्धकार हृदयमा आफ्नो ज्योति चम्काउनुहुन्छ र हाम्रो हृदयमा भएको ज्योतिद्वारा अन्धकार संसारलाई उज्यालो बनाउन भन्नुहुन्छ ।

जसरी चन्द्रमाले सूर्यको प्रकाश कति ग्रहण गर्छ र परावर्तन गर्छ भन्ने कुराले रातको अँध्यारोलाई निर्धारण गर्छ, त्यसरी नै हामीले परमेश्वरबाट कति ज्योति लिन्छौं र फैलाउँछौं भन्ने कुरामा यो संसारको चमक निर्भर हुन्छ । तर यदि हामीले परमेश्वरको ज्योति आफ्नो हृदयमा भऱ्यौं भने परमेश्वरको महिमाको ज्योति अझ बढी प्रदर्शन गर्न सक्नेछौं ।

ज्योतिका सन्तान भएका हामीले अन्धकार पूर्ण रूपमा नहटुञ्जेल असल कार्य र सत्यताद्वारा संसारलाई उज्यालो बनाउनुपर्छ ।

ज्योतिका सन्तानको रूपमा

4:03
0:00 4:03

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।