सफलताको रहस्य

8,329 भ्यु
लेख सुन्नुहोस् 1:50

एक जना केटो थियो, जसका बुबा बेकरी पसलमा काम गर्थे । ऊ आफ्नो बुबाले गीत गुन्गुनाएको सुन्दै हुर्किंयो । बुबाकै कारण उसलाई संगीत मन पर्न थाल्यो र उसले संगीत सिक्ने इच्छा गऱ्यो ।

यद्यपि उसलाई विज्ञान पढेर शिक्षक बन्ने इच्छा पनि थियो ।

धेरै चीज गर्न चाहेको छोराको निर्णयदेखि चिन्तित भएका बुबाले भने, “एकै समयमा दुई वटा कुर्सीमा बस्न खोज्दा बीचबाट खस्ने सम्भावना हुन्छ, हाम्रो जीवनको सन्दर्भमा पनि उस्तै हो ।”

धेरै सोचविचार गरेपछि त्यो छोराले गायक बन्ने निर्णय गऱ्यो । बीस वर्षपछि, लुसियानो पाभरोटी(Luciano Pavarotti) एक विश्व प्रसिद्ध गायक बने ।

सफलताको रहस्य

1:50
0:00 1:50

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।