भाषा चयन गर्नुहोस् ।

Close

मेरो इनाम मसित छ

गिम यु बिन, गोयाङ, कोरिया

2,856 भ्यु

कोठा सफा गर्ने क्रममा मैले विगतमा आफूले प्राप्त गरेका केही पुरस्कार र प्रमाण-पत्रहरू भेट्टाएँ । ती प्रमाण-पत्रका पानाहरू पुरानो भए पनि त्यसमा भएका स्मृतिहरू अझै पनि स्पष्ट र ताजा छन् ।

प्राथमिक विद्यालयमा छँदा, म प्रायः सबै प्रतियोगितामा सक्रिय रूपमा भाग लिने गर्थें । किनभने मलाई पुरस्कार जित्न, बुबा-आमालाई खुशी बनाउन र साथीहरूबाट प्रशंसा पाउन मन लाग्थ्यो । बुबा-आमाले प्रशंसाको एउटा शब्द भन्नुहुँदा कार्यक्रमअघिको घबराहट र घण्टौँसम्म तयारी गर्दाको थकान क्षणभरमै हराएजस्तो हुन्थ्यो ।

विगतका ती पलहरू सम्झँदा मैले आफैलाई एउटा प्रश्न गर्न पुगें, “के मैले अहिले पनि बाल्यकालमा जस्तै शुद्ध मनले स्वर्गीय पिता-माताको सेवा गरिरहेको छु त ?”

“हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ ।” प्रकाश २२:१२

परमेश्वरले आफ्ना सन्तानहरूका लागि तयार गर्नुभएको इनामचाहिँ यो संसारको कुनै पनि कुरासँग तुलना गर्न सकिँदैन । यो इनामतर्फको बाटोमा हामीले विभिन्न किसिमका परीक्षा र कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ, तर स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरले हामीलाई सान्त्वना र प्रशंसा दिनुहुने भएकोले त्यो पीडा लामो समयसम्म रहनेछैन । परमेश्वरले हरेकलाई उसले गरेअनुसार इनाम दिने प्रतिज्ञा गर्नुभएकोले म बाल्यकालको जस्तै शुद्ध जोशका साथ स्वर्गको इनामतर्फ अगाडि बढ्नेछु र स्वर्गीय पिता-माताले मलाई देखेर मुस्कुराउनुहुने दिनको प्रतिक्षा गर्नेछु ।