वैज्ञानिक, राजनितिज्ञ र कूटनीतिज्ञको रूपमा चिरपरिचित बेन्जामिन फ्रेङ्कलिनलाई कुनै एक पत्रकारले सोधेछन् ।
“तपाईंले असंख्य कठिनाइको बाबजुद पनि कसरी हार नमानीकन आफ्नो लक्ष्य पूरा गर्न सक्नुभयो ?”
तब फ्रेङ्कलिनले जवाफ दिएछन् ।
के तपाईंले कहिल्यै कालिगढले काम गर्नुभएको देख्नुभएको छ ? उसले ढुङ्गामा चिरा नपरुञ्जेल सयौं पटक एउटै ठाउँमा हतौडाले हान्छ । तर १०१औं पटक हान्दा त्यो चट्टानमा चिरा देखिन थाल्छ । त्यो चट्टानमा चिरा पर्नुको कारणचाहिँ १०१औं पटक बेस्सरी हानेकोले गर्दा होइन तर पहिला नै १००ंऔं पटक हानिसकेकोले गर्दा हो ।
आफूले चाहेको परिणाम प्राप्त गर्नको निम्ति हामीलाई धैर्यता आवश्यक पर्दछ । सुसमाचार प्रचार गर्दा पनि उस्तै नै हो । कहिलेकहीँ केही कुराहरू आफूले चाहेअनुसार नहुँदा गाह्रो लाग्ने र निराश हुने समय पनि हुन्छ, तर त्यस्ता कठिनाइचाहिँ सुन्दर सुसमाचारको फल फलाउन आवश्यक पर्ने प्रक्रिया हो । गाह्रो भएर हरेस खान मन लाग्दाखेरि त्यस बेला १००औँ प्रहार हुन सक्छ । धैर्य गर्दै अन्तिम १०१औँ पटक प्रयत्न गरी प्रशस्त सुसमाचारको फल कटनी गर्नुहुनेछ भन्ने आशा गर्दछु ।
“जसले धैर्य गर्न सक्छ उसले चाहेको कुरा प्राप्त गर्न सक्छ ।” बेन्जामिन फ्रैंकलिन