गत एक वर्षमा यहाँहरूले गर्नुभएको कडा परिश्रमको लागि सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
विश्वभरिका १७५ देशहरूमा भएको परमेश्वरको मण्डलीले
आफ्नो स्थापनाको ६०औँ वार्षिकोत्सव मनाएको सन् २०२४लाई नयाँ छलाङ मार्ने खुड्किलो बनायो ।
अनि सन् २०२५मा आफ्नो जगलाई दह्रिलो बनाएर संसारका छालहरूमा नअल्झीकन
विश्वव्यापी समुदायका ८ अरब मानिसहरूमाझ परमेश्वरको प्रेम बाँड्यो ।
आफ्नो परिवारलाई प्रेमपूर्वक अँगालेर
शान्ति र स्थिरता कायम राख्ने आमाको जस्तो मनद्वारा
मण्डलीले समाजको हरेक पक्षको ख्याल गर्दै
कोही पनि एकलो र पछाडि नपर्ने समुदाय
निर्माण गर्न हरप्रयास गऱ्यो ।
परमेश्वरको मण्डलीका प्रत्येक सदस्यले छरेका आशाका बीउहरू
खुशीको रूपमा फक्रिएर प्रेमको फूलमा परिवर्तन भएका छन् ।
परमेश्वरको मण्डलीले आफ्नो सुरुको मन कहिल्यै नगुमाईकन
विश्वसँग हातेमालो गर्दै मानवजातिको लागि उज्ज्वल भविष्य कोर्नेछ ।
नव वर्षमा यहाँहरूको जीवन खुशीले भरिपूर्ण होओस् भनी कामना गर्दछौं ।
नव वर्षको शुभकामना !