सुरु गर्ने समय

9,035 भ्यु

शक्तिशाली आँधीका कारण छानो भाँचिएको एउटा घर थियो । पानी पर्दा छतबाट पानी चुहिने भए पनि घरधनीले छत मर्मत गर्नेबारे सोच्नसमेत सकेन । घरधनीले सोच्यो, ‘पानी पर्न रोकिएपछि छत मर्मत गर्नुपर्ला ।’ पानी पर्न रोकिएपछि सफा आकाश देखेर घरधनीले आफ्नो मन परिवर्तन गऱ्यो । ‘यो हप्ता खेतमा झारहरू उखेल्नुपर्नेछ, त्यसैले म अर्को हप्ता मर्मत गर्नेछु ।’ एक हप्ता बितेपछि घरधनीले छत मर्मत गर्न झर्को मान्यो । ‘केही समय पानी नपर्ने भएकोले बर्खामा मर्मत गर्नुपर्ला ।’ यसरी बारम्बार सार्ने क्रममा बर्खा आयो, र भारी वर्षाका कारण घर तहसनहस भयो ।

बेलायती मनोवैज्ञानिक रिचार्ड वाइज्म्यानले ३,००० जना मानिसहरूमध्ये कतिले नयाँ वर्षको सङ्कल्प पूरा गरे भनी पत्ता लगाउन सर्वेक्षण गरे । एक वर्षपछि करीब १२% मानिसहरूले मात्र आफ्नो सङ्कल्प पूरा गरे । त्यो भनेको १० जनामध्ये १ जना हो ।

गर्नुपर्ने कामलाई जति पछाडि सारिन्छ उति नै त्यो काम नगर्ने सम्भावना बढी हुन्छ । यसलाई ‘घट्दो आशय नियम(The Law of Diminishing Intent)’ भनिन्छ । यदि उत्तम तयारीको पर्खाइमा बसिन्छ भने काम सुरुसमेत गर्न सकिँदैन । त्यसैले केही गर्नुपर्छ जस्तो लाग्छ भने सुरु गर्ने समय अहिले नै हो !