बुद्धिमान् चराको कुञ्जी

9,831 भ्यु

काग, एयाजुर विंग्ड-म्यागपाइस(नीलपंख काग), नाइटिङगेल(बुलबुल), म्यागपाइस(लामपुच्छ्रे काग) लगायत कागको परिवारमा पर्ने चराहरू अन्य प्रजातिका चराहरूको तुलनामा सबैभन्दा चलाख हुन्छन् । वास्तवमा भन्ने हो भने, केही म्यागपाइस वा कागहरूले आयतनको धारणाका साथै समयको बहावसमेत बुझ्न सक्छन्, अनि ऐनामा प्रतिबिम्बित चित्रद्वारा आफैलाई चिन्न सक्छन् । भनिन्छ, तिनीहरूले बिताउने फुर्सदको समय, आफ्नै संस्कृति र तिनीहरूको आफ्नै भाषा पनि हुन्छ । विशेष गरी, न्यू क्यालेडोनियन कागहरूले तारलाई बङ्ग्याएर त्यसको प्रयोगद्वारा बोतलबाट खानेकुरासमेत निकाल्न सक्छन् । वन्यजन्तुहरूमध्ये सबैभन्दा चतुर मानिने चिम्पान्जीले पनि तिनीहरूले बनाएजस्तै अङ्कुसे बनाउन सक्दैनन् ।

जर्मनीको म्याक्स प्ल्याङ्क संस्थाले कागको परिवारका १२७ वटा प्रजातिका चराहरूको तथ्याङ्कद्वारा बचेराहरूको पालनपोषणको अवधि र संज्ञानात्मक क्षमताबीचको सम्बन्धलाई विश्लेषण गरेको थियो । उनीहरूले बचेराको पालनपोषणको अवधिले चराको संज्ञानात्मक क्षमतामा ठूलो प्रभाव पार्ने कुरा पत्ता लगाए । कागको परिवारमा बच्चा जन्मँदा तिनीहरू औसत २९ दिनसम्म गुँडमै बस्छन्, जुन अन्य चराहरूको तुलनामा १६ दिन बढी हो । अनि गुँड छोडेपछि पनि तिनीहरूले आफ्ना बुबा-आमाबाट सिक्ने समयावधि भनेको बढीमा ४ वर्ष हो जुन अन्य चराहरूको भन्दा १० गुणा लामो समय हो ।

मानिस ‘सृष्टिको मालिक’ हो, तर राम्रो पालनपोषण वा न्यानो हेरचाहले बच्चाहरूको मस्तिष्कको विकास र स्थिर भावनात्मक अवस्थाको हेरचाहमा ठूलो प्रभाव पार्छ भन्ने कुरा सबैलाई सर्वाविदितै छ । आत्मिक रूपमा पनि उस्तै हो । परमेश्वरले सधैँ आफ्ना सन्तानहरूको हेरचाह गर्नुहुन्छ । उहाँले आफ्ना सन्तानहरूलाई स्वर्गीय राज्यको बारेमा थाहा पाउन, स्वर्गदूतको संसारको सिद्धान्त महसुस गराउन र स्वर्ग-राज्य प्रवेश गर्न योग्यको विश्वास लिन मद्दत गर्नुहुन्छ । स्वर्गीय पिता-माताको महान् हेरचाह नै हामीलाई स्वर्गीय नागरिकको रूपमा हुर्कन मद्दत गर्ने कुञ्जी हो ।

“किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्छ । र हाम्रो धन्यको आशा– हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं । ख्रीष्टले हामीलाई … सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो”। तीत २:११-१४