साँचो सन्तानोचित कर्तव्य

8,123 भ्यु

यो संसारमा पापीलाई मन पराउने कोही छैन । यदि कुनै व्यक्तिले परमेश्वर र मानवताको विरुद्धमा जघन्य अपराध गरेको छ र सबैले उसलाई औंला ठड्याएर, “ऊ मृत्युदण्ड पाउन योग्य छ” भन्छन् भने उसको आफ्नै परिवार पनि उसको नजिक हुन चाहँदैन ।

तर आमाको सन्दर्भमा भने कुरा फरक छ । सारा संसारले आफ्नो पिठ्यूँ फर्काए पनि, आमाले सधैँ आफ्नो बच्चाको पक्ष लिन्छिन् । एउटी आमाले आफ्नो बच्चालाई गाली गर्न र पिट्न सक्छिन्, तर उनले आफ्नो बच्चालाई कहिल्यै त्याग्न सक्दिनन् । आफ्नो बच्चा पापी नै भए पनि, “म अझै पनि तिमीलाई प्रेम गर्छु” भन्दै अन्त्यसम्म उसलाई विश्वास गर्ने व्यक्तिचाहिँ केवल आमा मात्र हुन् ।

उस्तै प्रेम लिएर, हाम्री स्वर्गीय माता पनि यस पृथ्वीमा आउनुभयो । हामीले स्वर्गमा गरेको पाप यति ठूलो थियो कि, मृत्युको सजायबिना क्षमा पाउन सकिँदैनथ्यो । त्यसैले यस्तो कडा दण्डको योग्य भएका पापीहरूका लागि उहाँले स्वर्गको सिंहासन त्याग्नुभयो र पापीहरूको आमाको रूपमा कष्टपूर्ण जीवन जिउने बाटो रोज्नुभयो ।

हाम्री माताले बोक्नुभएको कष्टको भारीलाई थोरै भए पनि कम गर्ने र उहाँप्रतिको सन्तानोचित कर्तव्य प्रकट गर्ने एकमात्र तरिका भनेको ‘पश्चात्ताप’ हो । पापीको रूपमा स्वर्गीय घर फर्कन नसक्ने भएकोले, हामीले पूर्ण रूपमा पश्चात्ताप गरेको हेर्न चाहनुहुने मातालाई पश्चात्ताप सुहाउँदो फलद्वारा आनन्द दिने सन्तान बनौं ।

पश्चात्ताप नै सबैभन्दा ठूलो सन्तानोचित कर्तव्य हो ।