जोखिममा परेका सहकर्मीको निम्ति

6,268 भ्यु
본문 읽기 3:37
현재 언어는 음성 재생을 지원하지 않습니다.

एउटा मानिस बिजुलीको खम्बाको माथिल्लो भागमा सुरक्षा पेटीले बाँधिएकै अवस्थामा बेहोस भएर उल्टो झुण्डिरहेका थिए । अर्को खम्बामा चाहिँ अर्को एक जना मानिस जोखिमपूर्ण ढङ्गले झुण्डिएर, ती बेहोस भएका व्यक्तिलाई कृत्रिम श्वासप्रश्वास दिइरहेका थिए । आखिर यो के भएको होला ?

सन् १९६७ जुलाईमा, अमेरिकाको फ्लोरिडास्थित ज्याक्सनभिल सहरमा अत्यधिक गर्मीका कारण बिजुलीको खपत बढ्दा सहरभरि बत्ती गयो । यसलाई मर्मत गर्न खटिएका इलेक्ट्रिसियन र्यान्डल च्याम्पियन खम्बामा चढेर काम गरिरहेको बेला अचानक करेन्ट लागेर बेहोस भए । यो देखेर उनका सहकर्मी थम्पसन हतारिँदै उनीकहाँ पुगेर कृत्रिम श्वासप्रश्वास दिन थाले । त्यही समयमा नजिकै रिपोर्टिङका लागि आएका फोटो पत्रकार रोको मोराबिटोले संयोगवश यो दृश्य देखे र त्यो संवेदनशील क्षणलाई तुरुन्तै आफ्नो क्यामेरामा कैद गरे ।

घटनास्थलमै मर्न सक्ने च्याम्पियन, थम्पसनको छिटो प्रतिक्रियाका कारण जीवित रहन सफल भए । च्याम्पियनको शरीरमा कडा विद्युत् प्रवाह भइरहँदा पनि थम्पसनले कुनै हिचकिचाहट बिना उनलाई समातेर बचाए । ‘द किस अफ लाइफ’ (The Kiss of Life) शीर्षकको यो सुन्दर दृश्य समेटिएको तस्बिरले अर्को वर्ष ‘स्पट फोटोग्राफी’ का लागि पुलित्जर(Pulitzer) पुरस्कार जित्यो ।