
सन् १९५० दशकको सुरुतिर, पोलियोभाइरसका कारण पोलियो रोग विश्वव्यापी रूपमा फैलियो । सन् १९५२ मा, संयुक्त राज्य अमेरिकामा मात्रै लगभग ५८,००० मानिसहरू पोलियोबाट संक्रमित भए, र तीमध्ये लगभग ३,००० जनाले आफ्नो ज्यान गुमाए । जो मानिसहरू मुस्किलले बाँच्न सफल भए उनीहरूले जीवनभरि नै अपाङ्गताको सामना गरे ।
सन् १९५५ मा डा. जोनस साल्कले खोपको विकास गरेपछि, पोलियो रोकथाम गर्ने बाटो खुल्यो । योचाहिँ सम्पूर्ण मानवजातिका लागि ठूलो उपलब्धि मात्र थिएन तर डा. साल्कका लागि अथाह धन-सम्पत्ति आर्जन गर्ने अवसर पनि थियो । यद्यपि, डा. साल्कले खोप नि:शुल्क उपलब्ध गराए र यसलाई बनाउने विधिसमेत खुलाए । जब उनलाई पेटेन्ट(स्वत्वाधिकार) अधिकार प्रयोग गर्ने बारे सोधियो तब उनले भने,
“के तपाईं सूर्यको पनि पेटेन्ट दर्ता गर्नुहुन्छ ?”
खोप उपलब्ध गराएपछि संक्रमितहरूको संख्या क्रमशः घट्दैगयो र अमेरिकी राष्ट्रपति आइसेनहावरले डाक्टरलाई पदक दिँदै ‘मानवताको हितकारी’ भनेर सम्मान गर्नुभयो ।
डा. साल्कले भनेझैँ, सूर्यको कुनै पेटेन्ट हुँदैन । कारण सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण मानवजातिलाई यो सित्तैँमा दिनुभयो । त्यति मात्र होइन, उहाँले हामीलाई जीवनका लागि नभई नहुने पानी, हावा लगायत पृथ्वीको सम्पूर्ण वातावरण स्वतन्त्र रूपमा उपभोग गर्ने अनुमति दिनुभयो । यदि उहाँले यी कुराहरूको मूल्य तोक्नुभएको भए, मानवजातिले जिउनको लागि मात्र पनि अथाह खर्च गर्नुपर्नेहुन्थ्यो ।
आत्मिक जीवनको लागि आवश्यक पर्ने ‘जीवनको पानी’ पनि पवित्र आत्मा र दुलहीले सित्तैँमा दिनुभयो । सित्तैँमा पाएकोले यसको कुनै मूल्य छैन भन्न मिल्छ र ? मिल्दैन, यो त मूल्य तोक्नै नसकिने गरी बहुमूल्य छ । वास्तवमा परमेश्वरचाहिँ मानवजातिको साँचो संरक्षक र मुक्तिदाता हुनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । प्रकाश २२:१७