भाषा चयन गर्नुहोस् ।

Close

खार्ने प्रक्रिया

8,433 भ्यु

फलामचाहिँ कृषि औजार, उपकरण, हातहतियार लगायत विभिन्न साधनहरू बनाउनका लागि प्रयोग गरिन्छ । फलामलाई औजारको रूपमा प्रयोग गर्नको लागि, सबैभन्दा पहिला त्यो बलियो हुनुपर्छ । तसर्थ फलामलाई बलियो बनाउनका लागि तातो आगोमा रातो हुने गरी तताएर घनले ठोक्नुपर्छ र चिसो पानीमा डुबाउनुपर्छ । त्यसो गरेमा बल्ल त्यसको अशुद्धताहरू हट्छ र त्यसको भित्री बनावट बद्लिएर अझ कडा र टिकाउ हुन्छ । यसलाई नै खार्ने प्रक्रिया भनिन्छ । फलामलाई जति खार्यो त्यो त्यति नै बलियो हुँदैजान्छ । भनिन्छ, कि कोरियाको प्राचीन बेक्जे राज्यमा बनाइएको ऐतिहासिक तरबार ‘छिलजिदो’(सात हाँगा भएको तरवार)लाई १०० पटकसम्म खारेर बनाइएको थियो । एउटा खस्रो फलामको टुक्रालाई बलियो र बहुमूल्य औजारमा परिवर्तन गर्नको लागि अनिवार्य रूपमा खार्नुपर्छ ।

भनिन्छ, कि मानिसले जति धेरै कठिनाइ भोग्छ, ऊ त्यति नै धेरै परिपक्व हुँदैजान्छ । त्यसैले जीवनमा हुने कठिनाइ, चोट र कष्टलाई अवरोधको रूपमा नसोची त्योचाहिँ हामीलाई अझ दृढ र परिपक्व बनाउनका लागि खार्ने प्रक्रिया हो भनेर सोच्नुपर्छ ।