
‘वाइल्ड वेस्ट’ उपन्यासका प्रमुख पात्रले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नका लागि एउटा चिन्हमुनि यसो भनेर लेख्छन् ।
“एउटा अङ्गुरले अर्को अङ्गुरलाई रङ्ग परिवर्तन गर्न मद्दत गर्छ ।”
यसको अर्थ हो, जब दाखबारीमा भएको अङ्गुरको झुप्पामा एउटा अङ्गुर पाक्न थाल्छ, त्यसले अर्को अङ्गुरलाई इन्जाइम(enzyme) र सुगन्ध पठाउँछ, र त्यसको प्रभावले गर्दा अर्को अङ्गुर पनि पाक्न थाल्छ । फेरि भन्नुपर्दा, एउटा अङ्गुरले अर्को अङ्गुरलाई अब परिवर्तन हुने र पाक्ने समय भयो भनेर एक प्रकारको सङ्केत पठाउँछ ।
त्यसै गरी, जब हामी असल बोली, व्यवहार र चरित्रका साथ अघि बढ्छौं, तब हाम्रा वरपरका मानिसहरू पनि परिवर्तन हुन थाल्छन् । यसका लागि कुनै विशेष शब्दको आवश्यकता पर्दैन । किनभने शब्दभन्दा कार्य नै बढी प्रभावशाली हुन्छ ।