तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने

प्रेरित ४:१-३१

20,233 भ्यु

ख्रीष्टको बारेमा गवाही दिइरहेका पत्रुस र यूहन्नालाई पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरूले पक्राउ गरे ।

उनीहरू दुवै जनालाई “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी आज्ञा दिइएको भए पनि, उनीहरूले साहसका साथ ख्रीष्टको इच्छा प्रचार गरे । पत्रुस र यूहन्नालाई सजाय दिने कुनै उपाय नभेटेपछि, अधिकारीहरूले तिनीहरूलाई छोडिदिए ।

छुटकारा पाएर पत्रुस र यूहन्ना आफ्ना साथीहरूकहाँ आए र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू तिनीहरूलाई बताइदिए । जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने ।

“हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस् । येशूको नाउँद्वारा पवित्र कार्य गर्नुहोस् ।”

तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले ।

डरलाग्दो परिस्थितिको सामना गर्दा सजिलै निराश वा हतोत्साहित हुन पुगिन्छ, र कहिलेकहीँ गनगन र गुनासोसमेत गर्न पुगिन्छ । तर सुरुको मण्डलीका सन्तहरूले कठिनाइहरूको सामना गर्दा परमेश्वरलाई एकसाथ पुकारेर प्रार्थना गर्ने बाटोलाई रोजे ।

यदि यहाँहरूले सुसमाचारको बाटोमा बाधा पुर्‍याउने समस्याको सामना गरिरहनुभएको छ भने, सँगै प्रार्थना गरौं । जसरी सुरुको मण्डलीका सन्तहरूले एकै मनद्वारा प्रार्थना गरेर पवित्र आत्माले भरिए, र अझ बढी साहसका साथ परमेश्वरको वचन प्रचार गरे, त्यसरी नै हामीलाई पनि कठिन समयहरू पार गर्न र सुसमाचारको मार्गमा अगाडि बढ्न पवित्र आत्मा दिइनेछ । हामीले प्रार्थना गर्ने ठाउँमा परमेश्वरले कार्य गर्नुहुन्छ ।

“… पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु । ” मत्ती १८:१९-२०