परीक्षाहरू

12,604 भ्यु
본문 읽기 4:14
현재 언어는 음성 재생을 지원하지 않습니다.

शुद्ध सुनबाट बनेका गर-गहनाहरू सुन्दर मात्र देखिँदैनन् तर समयसँगै अपरिवर्तित रहने वा खिया नलाग्ने विशेषताका पनि हुन्छन् । प्राचीन कालदेखि नै शुद्ध सुनको मूल्य अपरिवर्तनीय रूपमा कायम रहँदैआएको छ ।

शुद्ध सुनले, सुन खानीबाट शुद्ध गरिएको अथवा अन्य धातुसँग नमिसिएको सुनलाई बुझाउँछ । आगोमा खारिने प्रक्रियामार्फत सबै अशुद्धताहरू हटेपछि, बल्ल त्यो सुन शुद्ध बन्छ ।

परमेश्वरले हामीलाई पूर्ण परमेश्वरको मानिस बनाउने प्रक्रिया पनि शुद्ध सुन बनाउने प्रक्रियाजस्तै हो । आगोको भट्टीमा हाल्दा सुनबाट सबै प्रकारका अशुद्धताहरू हटेजस्तै परमेश्वरले हामीलाई विश्वासको मार्गमा विभिन्न परीक्षामार्फत एक-एक गर्दै आत्मिक अशुद्धताहरू हटाउन लगाउनुहुन्छ र स्वर्गीय राजकीय पूजाहारीहरूको गुणहरूले सुसज्जित पार्नुहुन्छ ।

हामी कुनै पनि दाग वा खोटविनाको सुन्दर स्वरूपमा नयाँ गरी जन्मिएर, सधैँभरि चम्किरहने स्वर्गीय महिमामा सहभागी हुने भएकोले दुःख र कष्ट पनि हाम्रो लागि आनन्दको स्रोत हुन सक्छ । यद्यपि अनुशासन वा ताडना पाउने क्षण केही कष्टकर भए पनि, हामीले यसलाई जितेर अघि बढ्नुपर्छ ।

तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ । आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ । तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस् । १ पत्रुस १:६-७