जीवन बचाउने आविष्कार

9,484 भ्यु
본문 읽기 3:56
현재 언어는 음성 재생을 지원하지 않습니다.

ज्याक एन्ड्राकाले, किशोरावस्थामा एक प्यान्क्रियाटिक क्यान्सर पत्ता लगाउने क्रान्तिकारी उपकरणको आविष्कार गरे । आफ्नो परिवारको सदस्यजस्तै मानिने बुबाको साथीको प्यान्क्रियाटिक क्यान्सरका कारण अचानक मृत्यु भएपछि, उनी गहिरो शोकमा डुबे । त्यसपछि उनले प्यान्क्रियाटिक क्यान्सरको बारेमा अनुसन्धान गर्न सुरु गरे । सुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुने भएकोले क्यान्सरमध्ये सबैभन्दा कम बाँच्ने दर देखिएको प्यान्क्रियाटिक क्यान्सरको परीक्षण विधि पुरानो हुनुका साथै यसको शुद्धता कम र लागत महँगो हुने समस्या थियो ।

३ महिना लगाएर ८,००० भन्दा बढी प्रोटिनहरूको अध्ययन गरेपछि, एन्ड्राकाले अन्ततः प्यान्क्रियाटिक क्यान्सरसँग प्रतिक्रिया देखाउने ‘मेसोथेलिन’ (mesothelin) नामक प्रोटिन पत्ता लगाए । उनले यसमा एन्टिबडी र कार्बन न्यानोट्युबहरूलाई मिलाएर एउटा परीक्षण किट (diagnosis kit) तयार गरे । उनले बनाएको परीक्षण किटले ५ मिनेटभन्दा कम समयको परीक्षणबाट प्यान्क्रियाटिक क्यान्सर मात्र नभई डिम्बाशयको क्यान्सर (ovarian cancer) र फोक्सोको क्यान्सर समेत सुरुवाती चरणमा पत्ता लगाउन सक्छ । यसको लागत प्रति परीक्षण मात्र ३ सेन्ट पर्छ, जुन नेपाली मुद्राअनुसार करिब ४ रुपैयाँ (वा कोरियन मुद्रामा ३० वन) जति मात्र हुन आउँछ ।

प्रेमले चासोलाई र चासोले जीवन बचाउने एउटा अद्भुत आविष्कारलाई जन्म दियो ।